Search

जिल्ला समन्वय समिति दोलखाले स्थानिय निकायको प्रथम चौमासिक कार्यसम्पादन अनुगमन सुरु

जिल्ला समन्वय समिति दोलखाले स्थानिय निकायको प्रथम चौमासिक कार्यसम्पादन अनुगमन सुरु

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
जिल्ला समन्वय समिति, दोलखाले स्थानिय निकायहरुको प्रथम चौमासिक कार्यसम्पादन अनुगमन गर्ने क्रममा भीमेश्वर नगरपालिकामा सम्पन्न गरेको छ ।

भीमेश्वर नगरपालिकामा यस आ.व.०७७र७८ मा कुल बजेट ८६ करोड ७३ लाख ४८ हजार रहेको छ भने चालु तर्फ ३९ करोड ६० लाख ५ हजार पुँजिगत तर्फ ४६ करोड ९८ लाख ४३ हजार र वित्तीय व्यवस्थापन तर्फ १५ लाख रहेको भीमेश्वर नगरपालीकाका आर्थिक प्रशासन प्रमुख जगदिश अर्यालले जानकारी गराउनु भयो ।


यसै गरी भीमेश्वर नगरपालिकामा यस आर्थिक वर्षमा १८४ वटा योजना उपभोक्ता समिति मार्फत सञ्चालन हुनेछ । ११ वटा योजना बोलपत्र मार्फत सञ्चालन हुनेछ ।

उपभोक्ता समिति मार्फतका १८४ वटै योजनाका उपभोक्ता समितिको गठन भैसकेको छ र समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण तालिम समेत सम्पन्न भइसकेको छ । सम्पुर्ण उपभोक्ता समितिको सम्झौता २०७७ कार्तिक मसान्त भित्र सम्पन्न भइसक्ने छन ।

बोलपत्र मार्फत सम्पन्न हुने योजनाहरु मध्य ४ वटाको बोलपत्र प्रकासित भइसकेको छ भने बाँकी २०७७ कार्तिक मसान्त भित्र सम्पन्न भइसक्ने भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काले जानकारी गराउनु भएको थियो ।


भीमेश्वर नगरपालिकामा हालसम्म ३१ वटा ऐन, कार्यविधि, कानुन जारी भएको र आवश्यकताका आधारमा थप जारी हुने नगरप्रमुख भरत के.सि.ज्यूले जानकारी गराउनु भएको छ ।


जिल्ला समन्वय समिती दोलखाका प्रमुख डबल पाण्डेले समयमै कार्यसम्पादनका लागि योजना बनाई सो अनुसार कार्यान्वयनमा लाग्न नगरपालिकाले उद्देश्य किटानी गरेर लक्ष्य निर्धारण सहित काम गर्न पर्ने सुझाव समेत दिनु भएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment