Search

बुधबार थप २६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण

बुधबार थप २६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण

२८ असोज , बाँपीझ्याला, काठमाडौं । नेपालमा कोरोना भाइरस पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । १३ हजार ९ सय २७ जनाको परीक्षण गर्दा २६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएसँगै एक लाख १७ हजार ९ सय ९६ जना पुगेकाे छ ।

हाल ३६ हजार ३६७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुई हजार १७४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ८० हजार ९५४ सङ्क्रमित निको भएर घर फर्केका छन् । निकाे हुने दर विगतकाे तुलनामा केही दिनदेखि कम हुँदै गइरहेकाे छ ।

पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड-१९ को कारणले मृत्यु हुनेको संख्या ६७५ पुगेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!