२८ असोज, बाँपीझ्याला, एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा आज (बुधबार) राति फ्रान्स र क्रोएसियाबीच प्रतिस्पर्धा गर्देछन ।
समूह चरण अन्तर्गतको चौंथो खेलमा फ्रान्स र क्रोएसिया भिड्न लागेका हुन् । क्रोएसियामा हुने दुई टोलिबीचको खेल नेपाली समय अनुसार राति १२:३० बजे सुरु हुनेछ ।
फ्रान्सले अघिल्ला ३ खेलमा २ जित र १ बराबरी खेलेको थियो । लिग ‘ए’ समूह ३ मा रहेको फ्रान्स ७ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानको क्रोएसियाले ३ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा फ्रान्स ४ -२ ले विजयी भएको थियो ।
यस्तै क्रोएसिया पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । दुवै टोली खेलमा जित निकाल्दै ३ अङ्क लिने योजनामा रहेको छ । लयमा रहेको फ्रान्स क्रोएसीयालाई खेलमा दवाव दिन सक्छ ।