२८ असोज, बाँपीझ्याला, काठमाण्डौं । नेपालमा धेरै भारतीयहरुले व्यापार गर्ने क्रममा पैसाको चलखेलका आधारमा र नक्कली नाता प्रमाणितका आधारमा नागरिकता लिएको त पटक पटक उठेकै बिषय हो ।
तर हालै पक्राउ परेका सुनिल सोनी , सुनार ले रुपन्देही जिल्लाबाट २०५० सालमा ११ बर्षको उमेर देखाएर पेश भएको कागजातकै आधारमा नागरिकता दिएको देखिन्छ । उनको जन्म मिति २०३९ साल देखाईएको छ र उनले ५० सालमा नागरिकता लिएको मिति हेर्दा उनको उमेर ११ बर्षको मात्रै देखिन्छ ।
नेपालमा ११ बर्षको उमेरमा नागरिकता लिन मिल्दैन । नागरिकता लिन १६ बर्ष उमेर पुरा भएको हुनु पर्दछ । यसमा गंभीर सरकारी अधिकारीको त्रुटी देखिन्छ । २०५० सालमा यो नागरिकता जारी गर्ने सिडिओ को थिए ? यसको खोजी राज्यले गर्नै पर्ने हुन्छ ।
त्यस पछि तिनै सोनीले २०५८ सालमा अर्को नागरिकता लिएका छन् सोही नम्बरमा रुपन्देही जिल्लाबाटै । उनको दुबै नागरिकता नं १९९४९ रहेको छ ।
राजस्व अनुसन्धान विभागले सोनीले यी दुबै नागरिकता प्रयोग गरेर फर्म दर्ता गरी सुन चाँदीको व्यशाय गर्दै आएका थिए ।
अहिले राजस्व अनुसन्धानले गंभीर अनुसन्धान गर्ने क्रममा उनले गैरकानुनी नागरिकता त्यो पनि दुई पटक र एउटै नागरिकता नम्बरमा आधारमा लिएको देखिन्छ ।
सोनीसगँ भारतीय रासन कार्ड पनि साथैमा रहेको छ । त्यसरी गैरकानुनी नागरिकता जारी गर्ने अधिकारीमाथि कार्बाही होला त ? त्यो प्रतिक्षाको बिषय छ ।
तर सोनीले बैंक तथा वित्तीय संस्थामा कम्पनीको विवरणमा त्यही नागरिकता प्रयोग गरेर वैध अवैध सुन कारोबार गरेको देखिन्छ ।
२०५८ सालमा जारी भएको नागरिकताअनुसार सोनीले रुपन्देही सिद्धार्थनगर(१२ मा सोनी ज्वेलर्स फर्म दर्ता गरेका छन्।
२०५० सालमा जारी भएको नागरिकताका आधारमा २०७३ सालमा उनले सोनी गोल्ड एन्ड सिल्भर प्रा।लि। दर्ता गरेका छन्, रुपन्देहीमै।
सोनी भारतीय नागरिक हुन्। उनको उत्तरप्रदेश कुशीनगरमा भोटर्स कार्ड छ। त्यसको नम्बर ३३२६७५८ हो। यो सन् २०२० मा अद्यावधिक भएको देखिन्छ ।
उनले कमाएको अकुत सम्पत्ति भारतमै जम्मा भएको अनुमान गरिए पनि अनुसन्धान हुन बाँकी रहेको छ ।
अहिले बल्ल राजस्व विभागले यो नागरिकताको बिषयमा खोजी गर्न गृहलाई पत्र लेख्ने तयारी गरेको बुझिएको छ ।
यो नागरिकता पनि सोनीले वंशजको आधारमा पाएको देखिन्छ । यसले नेपालको प्रशासनका अधिकारीहरुले पैसाका लागि जे पनि गर्न मिल्ने बनाएको देखिन्छ ।
जुन कानुन सम्मत हिशाबले जाँदा जारी गर्ने अधिकारी र खट्ने कर्मचारी समेत अब तानिुनु आवस्यक छ ।
घर जग्गा गाडीमा समेत लगानी गरेका सोनीले आफ्नो फर्मको वार्षिक कारोबार एक करोड पनि देखाएका छैनन् ।
त्यसैले उनले अवैध कारोबार गरेको, कर छलि गरेको स्वत सिद्ध हुने अनुसन्धानमा संलग्न कर्मचारीहरु बताउछन् ।
उनलाई सहयोग गर्ने मतियारको रुपमा अमित परियारलाई पनि पकाउ गरिसकिएको छ । सोनीलाई असार ३० गते नियन्त्रणमा लिएर हिरासतमा राखिएको थियो ।
यस विषयमा थप रहस्य अझै खुल्दै जाने देखिन्छ । सरकारले कतिको पभावकारी काम गर्छ अब त्यो हेर्न बाँकी छ ।