बाँपीझ्याला, काठमाडौं । अबदेखि लामो तथा मध्यम दुरीका यात्रुबाहक सार्वजनिक यातायात व्यवसायीहरुले अनलाईन टिकट बुकिङको व्यवस्था गर्नुपर्ने भएको छ । टिकट बुकिङ व्यवस्थापनलाई सहजीकरण गर्नेगरी विभागले मध्यम तथा लामो दुरीमा संचालित यात्रिबाहक सार्वजनिक यातायात सेवाको अनलाईन खरिद विक्री सम्बन्धी निर्देशिका २०७७ जारी गरेको हो ।
विभागले उक्त निर्देशिकामार्फत अब सार्वजनिक यातायात व्यवसायीले आफ्ना ग्राहकहरुका लागि अनलाईनमार्फत टिकट बुकिङका लागि सम्पुर्ण व्यवस्था गर्नुपर्ने भएको हो । जसमार्फत व्यवसायीले आफ्ना यात्रुहरुका लागि पुर्ण सुरक्षीत तवरले गन्तव्यसम्म पुर्याउनका लागि सम्पुर्ण व्यवस्था गर्नुपर्नेसमेत निर्देशिकामा उल्लेख छ ।