Search

सलमान – शाहरुख खानसहित ३४ बलिउड निर्माताहरु रिपब्लिक टीभीको विरुद्धमा

सलमान – शाहरुख खानसहित ३४ बलिउड निर्माताहरु रिपब्लिक टीभीको विरुद्धमा

२७ असोज, बाँपीझ्याला, एजेन्सी । बलिउड कलाकार सुशान्त सिंह राजपुतको केस लागुऔषधको विषयमा अहिले पनि अनुसन्धान चलिरहेको छ, जसमा केही ठुला बलिउड कलाकारको नाम जोडिएको थियो ।

फिल्म उद्योगका केही ठुला व्यक्तिको नामको विरुद्ध सामाजिक सञ्जाल र मेनस्ट्रीम मिडियामा बहस पनि चलेको थियो । तर अब भने बलिउड यस तरहको मिडिया रिर्पोर्टिगलाई लिएर एक जुट भएको छ ।

३४ जना फिल्म निर्माताहरुले दिल्लीको उच्च अदालतमा केही मिडीया हाउसको विरुद्धमा एक केस दर्ता गरेका छन् । समाचार अनुसार १२ अक्टोबरमा दिल्ली उच्च अदालतमा मुद्दा दायर गरिएको हो ।

चार बलिउड उद्योग र ३४ फिल्मनिमाृताले रिपब्लिक टीवी, अर्णब गोस्वामी च्यानलका प्रदीप भन्डारी र टाइम्स नाउ राहुल शिवशंकर र नाविका कुमारको विरुद्धमा मुद्दा दर्ता गराएका हुन् ।

च्यानल र सामाजिक सञ्जाल मिडिया प्लेटफर्म बलिउड र उसको सदस्यको बारेमा गैरजिम्मेवार, अपमानजनक र मानहानिकारक टिप्पणी गर्नबाट जोगिन पनि भनिएको छ ।

केस फाइल गर्नेमा शाहरुख खानको रेड चिलिज एन्टरटेनमेन्ट, सलमान खानको फिल्म्स, अमिर खान प्रोडक्शन, अजय देवगन फिल्म्स, करण जौहरका धर्मा प्रोडक्सन र फरहान अख्तरका एक्सेल एन्टरटेनमेन्ट सहभागी छन् ।

बलिउड कलाकारहरुको मानहानि हुने किसमिका टिप्पणी टेलीकास्ट गरेकोमा आपत्ती गर्दै नियन्त्रणमा राख्नुपर्ने मुद्दामा भनिएको छ ।

साथै कलाकारहरुको अधिकार पनि हनन भएको जानकारी समेत दिउको छ । निर्माताहरुले मुद्दामा बलिउडका कलाकार सम्बन्धि पोस्ट भएका अपमानजनक विषय वस्तु हटाउनु पर्ने माग राखेको छ ।

केही न्युज च्यानलले बलिउड फिल्म उद्योगमाथि नराम्रो र लागुऔषध लिने जस्ता शब्दको प्रयोग गरेका थिए ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment