अजय प्रधान,
२७ असोज, बाँपीझ्याला । नेकपाकी केन्द्रिय सदस्य एवं दोलखा जिल्लाका ईञ्चार्ज देवी खड्कालाई कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । पूर्व भौतिक योजना राज्य मन्त्री समेत भईसकेकी ईञ्चार्ज खड्कालाई आज कोरोना पुष्टी भएको छ ।
दुई दिन अघि कोरोना भएको आशंकामा दोलखाबाट स्वाव संकलन गरी पिसिआर परिक्षणको लागि धुलिखेल पठाईएकोमा रिपोर्ट पोजेटिभ आएको हो ।
वहाँ दोलखा आउनु भन्दा पहिले काठमाण्डौंमा नेता, कार्यकर्ता भेटघाटमा संलग्न हुनु भएको थाहा भएको छ । यसै क्रममा केही नेता कार्यकर्तामा पहिले नै पिसिआर पोजेटिभ भएको पुष्टी भएको थियो ।
यसै गरी वहाँको भाई बागमती प्रदेश सासंद विशाल खड्कालाई समेत पिसिआर पोजेटिभ पुष्टी भएको थियो । सासंद खड्कालाई कोराना पोजेटिभ भएको पुष्टी भएपछी पूर्वराज्यमन्त्री खड्का दोलखा चरिकोट स्थित आफ्नै निवासमा क्वारेन्टाईनमा बसेकी थिईन ।
तर आजै कोरोना पोजेटिभ पुष्टी भएको छ ।
खड्का दुई दिदि भाईको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।