Search

कात्तिक मसान्तसम्म अन्तराष्ट्रिय सीमा नाका बन्द गर्ने सरकारको निर्णय

कात्तिक मसान्तसम्म अन्तराष्ट्रिय सीमा नाका बन्द गर्ने सरकारको निर्णय

बाँपीझ्याला, काठमाडौं । सरकारले कात्तिक मसान्तसम्म अन्तराष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको छ। कोरोनाभाइरसको संक्रमण थप बढ्न नदिन सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।


बैठकले कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेकोले जोखिमको अवस्था कायमै रहेकोले अन्तराष्ट्रिय सीमा नाका थप एक महिना बन्द गर्ने निर्णय गरेको हो ।

यसअघि नेपालसँग सीमा जोडिएका अन्तराष्ट्रिय सीमा नाका असोज मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको थियो । तर अब भने यसै निर्णयलाई निरन्तरता दिदै थप एक महिना बन्द गर्ने निर्णय गरिएको जनाइएको छ ।

त्यस्तै आजको बैठकले कोरोनाको संक्रमण बढ्दै गइरहेकोले सबैले दशैं तिहार जस्ता चाडपर्व यथास्थानमा मनाउन सबैलाई अपिल गरेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!