Search

दुहुनो गाई बन्यो विद्या लिने मन्दिर

दुहुनो गाई बन्यो विद्या लिने मन्दिर

२६ असोज , बाँपीझ्याला, सिन्धुपाल्चोक । इन्द्रेस्वरी माध्यमिक बिद्यालयका प्रधानध्यापक र इन्द्रावती क्याम्पसको क्याम्पस प्रमुख एकै ब्यक्ति राधाकृष्ण श्रेष्ठ चएन भएका छन्।

शिक्षा मन्त्रालयका एक अधिकारीका अनुसार
“नितिगत रूपमा एकै व्यक्ति दुबै पदमा बस्न पाइदैन यो सरासर गलत हो कसरी एउटै ब्यक्ति दुई पदमा भो ? ” शिक्षा मन्त्रालयका अधिकारीले भने ।

क्याम्पसको हिनामिना मिलाउन नियत बस् क्याम्पस प्रमुख भएको आरोप उनलाई लागेकाे छ । तत्कालिन बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष रुद्र दुलाल र प्रधानध्यापक राधाकृष्ण श्रेष्ठ मिलेर बिधालयमा आउने रकम आफु खुशी खर्च गरेर बर्षौ हिनामिना गरेको स्थानीयको आरोप छ।

बिद्यालय ब्यबस्थापन समितीको अबधी समाप्त भैसक्दा पनि विभिन्न बाहानामा पुरानै समिती मार्फत गैर कानुनी तबरले प्र.अ. राधाकृष्ण श्रेष्ठले काम गर्दै आईरहेका छन्। बिद्यालय लेखासमितीमा योग्यता नभएको शिक्षक हरिकुमार दनुवार (अण्डर एसएलसी हाल कार्यकाल पूरा भएर बिदा) राखेर प्रअ श्रेष्ठले बर्षौ देखि रकम हिनामिना गर्दै आएको छ भनि स्थानीयले नाम नबताउने सर्तमा बताए । तपाईं नपत्याए बिद्यालय गएर बुझ्नुस सब थाहा हुन्छ उनले थपे ।

यसबारेमा प्रधानध्यापक राधाकृष्ण श्रेष्ठले आफुहरु अझै ऋणमा रहेको बताएका छन् ।

यसै बिषयलाई लिएर केहि समयअघि नेपाल सरकारका पूर्व सचिब भिम उपाध्यले सामाजिक सञ्जालमा आफ्नो धारणा राखेका थिए ।

बिद्यालयकाे र क्याम्पसको लेखा एउटै ब्यक्तिलाई गर्न लगाएको र बिद्यालयको बार्षिक प्रतिबेदन समेत नक्कली रहेको छ । सिन्धुपाल्चोक चौतारा निबासी सुशील कक्षपतिलाई अडिट गर्न लगाईएको छ । ताकी श्रेष्ठ अडिटर हैनन अर्काको हस्ताक्षर गरेर प्रतिबेदन बनाई बर्षौ ढाकछोप गरेको छ ।

अनौपचारिक शिक्षाको लागि बिगत बर्षहरुमा ल्याइएका रकम पनि बि.ब्य.स. अध्यक्ष र प्र.अ. मिलेर हिनामिना गरेको बिधालय निर्माणका लागि साङ्सद बिकास कोषबाट आएको १० लाख, स्थानीय गणेश बिक्रम सिलवालले २० लाख , जिल्ला शिक्षा कार्यालय र विभिन्न श्रोतबाट बिधालय रेक्टोफिट गर्न भनेर आएको ६३ लाख खर्च भनी गएको बार्षिक प्रतिबेदनमा उल्लेख थियो तर स्थानीयका अनुसार रेक्टोफिट गरे अनुसार खर्च नगरी रकम झ्वाम पारेको बताउछन् ।

विद्यालय झ्याल ढोकाको काठ विद्यालयकै जङ्गलको सल्लाको कम्सल प्रयोग गरेर सिसौको काठको फर्जी बिल बनाएको भन्ने आरोप पनि छ । आफ्नो अनुकुलको समिती नबन्नुजेल विभिन्न बाहानामा बिधालय ब्यबस्थापन समिती गठन प्रक्रियालाई स्थगित गराउने नियत प्र.अ. श्रेष्ठले बिगत देखि गर्दै आइरहेका छन् ।

तीन बर्षमा विघटन गरि नयाँ समिती गठन हुनु पर्नेमा चार बर्ष बित्दा समेत गैर कानुनी ढङ्गबाट पुरानै समिती मार्फत कामकाज गर्ने गरेको देखिन्छ । गएको बार्षिक कार्यक्रममा दुई जना इन्द्रमणी दाहाल र लक्षमण गौतमअध्यक्ष बनाएर तमासा बनाएकाले नि उनको नियत खराब रहेको स्थानीयको बुझाई छ । डिजिटल खबर

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!