Search

मसला पिस्ने लोहोरो प्रहार गरी श्रीमतीकाे हत्या

मसला पिस्ने लोहोरो प्रहार गरी श्रीमतीकाे हत्या

२५ असाेज, बाँपीझ्याला, खाेटाङ । आफ्नै श्रीमती ४१ वर्षीय ज्ञान कुमारी गिरीको हत्या गरेको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ तालखर्क बस्ने छत्र बहादुर गिरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सामान्य घरायसी बिवादमा शुक्रबार बिहान छत्र बहादुरले मसला पिस्ने लोहोरो प्रहार गर्दा गम्भीर घाइते भएकी ज्ञान कुमारीको जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाण्डौँतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घटना पश्चात फरार भएका छत्र बहादुरलाई अस्थायी प्रहरी चौकी तालखर्कबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!