Search

डा. केसीको १९ औं अनशन तोडियो

डा. केसीको १९ औं अनशन तोडियो

बाँपीझ्याला, काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीले आइतबार बिहान १९ औं अनशन तोड्नुभएको छ ।

अस्पतालमा २७ वर्षदेखि कार्यरत कार्यालय सहयोगी विकास नेपालीको हातबाट जुस पिएर केसीले अनशन तोड्नुभएको हो । सरकारले शनिबार राति केसीसँग ८ बुँदे सहमति गरेको थियो ।

शिक्षण अस्पताल महारागन्जमा केसीले अनशन तोड्दा समर्थक र शुभेच्छुकको उपस्थिति रहेको थियो । जुम्लाबाट अनशन सुरु गर्नुभएका केसीको स्वास्थ्य समस्या भएपछि काठमाडौं ल्याइएको थियो ।

सहमतिपत्रमा डा. केसीले आफैं र सरकारका तर्फबाट वार्ता टोली संयोजक शिक्षा सचिव गोपीनाथ मैनालीले हस्ताक्षर गर्नुभएको छ

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment