Search

एकैदिन ३ लाख ८३ हजारमा कोरोना, विश्वमा बढ्दै संक्रमण

एकैदिन ३ लाख ८३ हजारमा कोरोना, विश्वमा बढ्दै संक्रमण

२५ असोज, बाँपीझ्याला, काठमाडौं । पछिल्ला केही दिन यता विश्वमा कोरोना संक्रमण बढेको छ । चारदिन यता कोरोना संक्रमितको संख्या क्रमशः उकालो लागिरहेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ८३ हजार ३५९ कोरोना संक्रमित थपिएका छन् । अहिलेसम्मकै एकै दिन यति धेरै संक्रमित थपिएको यो सबैभन्दा धेरै हो ।

अघिल्लो २४ घण्टामा यो संख्या ३ लाख ५५ हजार २४४ रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ६७ लाख ५४ हजार ३९५ पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ६४ हजार ८३८ संक्रमितको मृत्यु भइसकेको छ ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment