अजय प्रधान,
बाँपीझ्याला, दोलखा । पेजेन्ट नेपाल ईन्टरनेशनलले आयोजना गर्दै आएको “फेशन एण्डमोडल अवार्ड” को दोश्रो संस्करणमा दोलखाबाट राजन बुढाथोकी मनोनयनमा पर्नु भएका छन् । दोलखा जिल्लाको मोडलिङ र फेसन डिजाइनको क्षेत्रमा निरन्तर लागिपरेका बुढाथोकी सो मनोनयनमा परेका हुन् ।
नेपाली फेशनर मोडलिङ क्षेत्रको उत्थान, यसैमा समर्पित कलाकर्मीहरुको सम्मान र प्रोत्साहन एवं उत्साहित बनाउन रयसलनई व्यावसायीकरणमा टेवा पु¥याउन हरेक वर्ष अवार्ड कार्यक्रम गरिँदै आएको सो अवार्ड कार्यक्रममाआफूलाई भोट गर्न बुढाथोकीले सबैमा आग्रह गरेका छन् ।
दोलखाको चरिकोटमा ब्राइट इभेन्ट मेनेज्मेन्ट भन्ने संस्था स्थापना गरेर संस्थाको नेतृत्व गरिरहेका बुढाथोकीले जिल्लामा फेसन तथा मोडलिङ क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएका छन् ।
फेसन तथा मोडलिङ अन्तर्गत ३८ विधाका उत्कृष्ट मनोनयन मध्ये दोलखाका बुढाथोकी ‘बेस्ट इभेन्ट मेनेजर‘ मा मनोनयनमा परेका हुन् । यहि आश्विन २९ गते काठमाडौंमा सो अवार्डको ग्राण्ड फिनाले हुन गइरहेको बुढाथोकीले बताएका छन् ।
बुढाथोकीलाई अनलाईन भोटिङ गर्नको लागि
www=globalonlinepay=com
सबैभन्दा पहिला लिंक यउभल गर्ने र भखभलक मा क्लिक गर्ने। त्यसपछि Pageant Nepal Fashion and Model Award 2020 मा क्लिक गर्ने अनि category मा गएर Best event manager मा क्लिक गर्ने र राजन बुढाथोकीको फोटोमा थिचेर भोट गर्न सकिने छ ।
मनोनित मध्येबाट उत्कृष्ट चयनको लागि ५०५ मत ग्लोबल अनलाईन पे मार्फत हुने भोटिङ बाट नै लिइने जनाईएको छ । यस अन्तर्गत जसले सबैभन्दा बढी भोट प्राप्त गर्छ, सोही व्याक्तिरसंस्था विजेता घोषित हुने सम्भावना प्रवल रहनेछ ।
३८ विधाका मनोनयनहरुलाई नेपाली फेशन एण्ड मोडलिङ क्षेत्रका विज्ञहरुबाटमूल्यांकन गरिएको र सोही उत्कृष्ट मध्येबाट उत्कृष्ट चयनको लागि ५०५ मत फेशन एण्ड मोडलिङ क्षेत्रकाविज्ञहरुबाट नै लिइने आयोजकले बताएको छ ।