Search

डीडीएलजीको २५ वर्ष पुरा

डीडीएलजीको २५ वर्ष पुरा

२४ असोज, बाँपीझ्याला, मुम्बई (एजेन्सी) । बलिउडमा यस्ता कैयौं शानदार फिल्म बनेका छन्, जसले दर्शकलाई ठूलो छाप छोडेको छ । यस्तो नाममा सदाबहार फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएंगे(डीडीएलजे)’ पनि जोडिन्छ ।

शाहरुख खान र काजोल अभिनित यो फिल्म प्रदर्शनको २५ वर्ष पुरा गरेको छ । ९० दशकमा बनेको यो फिल्मले आज पनि दर्शकको उत्तिकै मन जितेको छ ।

आदित्य चोपडा निर्देशित फिल्मले त्यस समयमा बक्सअफिसमा बम्पर कमाई गरेको थियो । फिल्मले २५ वर्ष पुरा गरेको अवसरमा शाहरुख र काजोलले मिडियासँग कुरा गर्दै फिल्मसँग जोडिएका धेरै सम्झना शेयर गरेका छन् ।

‘यो फिल्ममा राज र सिमरनको भूमिकाका लागि अनस्क्रिन जुन विषय सबैभन्दा बढी काम लाग्यो । त्यो थियो मेरो र काजोलको अफस्क्रिन फ्रेण्डसिप ।

हाम्रो दोस्ती यती शानदार थियो कि हामी फिल्ममा अभिनय गरिरहेका छौं जस्तो लाग्दैन थियो । काजोलले यो फिल्मको कुनै पनि दृश्य योजनाबद्ध गरेकी होइनन् । हामी सबै एक उत्कृष्ट कथाको मजा लिइरहेका थियौं । कथाको सम्पूर्ण भाव त निर्देशक आदित्यकै थियो’, शाहरुखले भनेका छन् ।

यो फिल्मले त्यो समयमा १० वटा फिल्मफेयर अवार्ड जितेको थियो । चार करोडको लागतमा बनेको यो फिल्मले भारतमा ८९ करोड र ओभरसिज मार्केटमा १३ दशमलब ५० करोडको सानदार कमाई गरेको थियो ।

यो फिल्मको सन् १९९५ मा विश्वव्यापी कलेक्सन १ सय २ दशमलब ५० करोड थियो । आज यो फिल्मको कमाईको हिसाब गर्ने हो र यो समयमा फिल्म बनेको भए यसको कुल कलेक्सन ५ सय २४ करोड पुग्थ्यो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment