Search

महिलामा हुने क्यान्सरहरु मध्ये पाठेघरको मुखको क्यान्सरकाे उपचार र रोकथाम

महिलामा हुने क्यान्सरहरु मध्ये पाठेघरको मुखको क्यान्सरकाे उपचार र रोकथाम

दोलखा निवासी भाई उपेन्द्र प्रधानको सक्रियतामा भीमेश्वर नगरपालीका वडा नं. –२ दोलखा शहर र दोलखा जिल्लावासीको विभिन्न पक्षलाई सम्बोधन गरी सबैलाई सु–सुचित गर्ने उद्देश्यबाट प्रेरित भई आज भन्दा करिव २० बर्ष अगाडी देखि हवाई पत्रिकाको रुपमा प्रकाशन शुरु गरेको यस पत्रिकाले आज विश्व भरी बस्नुहुने दोलखाली दाजुभाई, दिदीबहिनी तथा शुभचिन्तक नेपालीहरु बिच दोलखा भित्र बाहिर, देश भित्र बाहिरको समाचार पु¥याउने उद्देश्य सहित दोलखा नेपाल भाषाको जर्गेनामा सहयोग गर्ने लक्ष्य राखी बाँपीझ्याला मिडिया प्रा.लि. को प्रकाशनमा बाँपीझ्याला अनलाईन समाचार Online News paper www.bampijhyala.com पत्रिका प्रारम्भ भईरहेको शुभ अवसरमा भाई उपेन्द्र प्रधान लगायत यस अनलाईन पत्रिका प्रकाशन कार्यमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सबैमा हार्दिक वधाई दिदै बाँपीझ्याला डटकम अनलाईन पत्रिका Online News को निरन्तरता र सफलताको लागि शुभकामना व्यक्त गर्दछु ।

डा. प्रायश्चित श्रेष्ठ
प्रसुती तथा स्त्री रोग विशेषज्ञ
भी.न.पा. –२, दोलखा
हाल बुटवल –६, रुपन्देही
सम्पर्क ९८५७०२०३१०

म आफै पनि प्रसुती तथा स्त्री रोग विशेषज्ञ भएको हुँदा महिलामा हुने क्यान्सरहरु मध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख रहेको हुदा यसै Online News मार्फत पाठेघरको मुखको क्यान्सरको बारेमा सकेसम्म सरल भाषामा जानकारी दिने प्रयत्न गरेको छु ।

क्यान्सर भनेको के हो ?

क्यान्सर भनेको शरिरको कुनै पनि अंगमा अनियन्त्रित, असामान्य, उद्देश्य विहिन तरिकाले कोषको बृद्धिहुनु हो । यिनै बृद्धि भएका कोषलाई क्यान्सर भनिन्छ । यी कोषीकाहरु एक अंङ्गबाट अर्को अंङ्गमा सर्ने गर्दछ र अनियन्त्रित तरिकाले बृद्धि हुन थाल्दछ ।

पाठेघर तथा पाठेघरको मुखको क्यान्सर ः
पाठेघरको मुख भन्नाले पाठेघरको सवै भन्दा तलको भाग बुझिन्छ । महिलामा हुने क्यान्सरमध्ये सबै भन्दा बढीमात्रामा देखिने पाठेघरको मुखको क्यान्सर हो । यो २० देखि ४० वर्ष सम्मको महिलालाई वढिमात्रमा देखिने गर्दछ ।

हाम्रो जस्तो विकासोन्मुख देशमा पाठेघरको मुखको क्यान्सर वढि देखिनुको कारण :

१. सानो उमेरमा विवाह हुनु
२. धेरै बच्चा पाउनु
३. गरिबी ( स्वास्थ्य संस्थाको सेवा लिन नसक्नु
४. सर सफाईमा ध्यान नपुग्नु
५. एक भन्दा वढि व्यक्ति सँग यौन सम्र्पक हुनु
६. धुम्रपान तथा मध्यपान गर्नाले
७. पटक पटक यौन रोग दोहोरिनु

लक्षणहरु

१. धेरै मानिसमा शुरुमा लक्षण नै नदेखिन सक्छ ।
२. लक्षणहरु भएमा रगत जाने
क. महिनावारी हुँदाको समयवाहेक अरु समयमा पनि विचविचमा रगत देखा पर्नु
ख. यौन सम्पर्क पछि रगत देखा पर्नु
ग. महिनावारी बन्द भैसकेका महिलाहरुमा रगत देखा पर्नु
३. योनीबाट पिप जस्तो, गन्ध आउने रगत मिसिएको तरल पदार्थ बग्नु

पत्तालगाउने तरिका :

तालिमप्राप्त स्वास्थ्यकर्मीले स्वास्थ्यचौकीहरुमापनिगर्न सकिने सामान्य परिक्षण
Visual Inspection with Acetic acid (VIA) तथा Visual Inspection with Lugol’s Iodine बाटआँखाले हेरेर केही असामान्य अवस्थाहरुको पहिचान गरि निम्न जाँचहरु गर्न सकिन्छ ।
१. PAP Test गर्ने, यो test मा स्वास्थ्यकर्मिले महिलाहरुको पाठेघरको मुख बाट एउटा उपकरणको सहायताले पानी निकाली जाँचगर्न पठाउँछन् । यो परिक्षण बाट कुनै बेलाअसाधारण कोषहरु देखिन्छन् जुनक्यान्सरमा परिणत हुन सक्छ (Pre-cancer cell) यस्तो देखिएमा यसको उपचार विभिन्न तरिकाले गरिन्छ ।

२. शंका लागेको अवस्थामा पाठेघरको मुखलाई दुरविनको सहायता (Colcoscope) ले हेरेर आवश्यक परेको अवस्थामामासु निकालीजाँचगरेर रोगको यकिनगरिन्छ । यसलाई cervical biopsy भनिन्छ ।

३. क्यान्सर पत्ता लागे पछि यसको सहि उपचारको लागि डाक्टरले स्ट््रोजिड गर्दछन् । क्यान्सरको उपचार क्यान्सरको stage र महिलाको भविष्यमा गर्भवति चाहना अनुसार निर्धारण गरिन्छ ।

उपचार

१. शल्यक्रिया :

क. यदी क्यान्सरको शुरुको अवस्था (CIN II & III) छ र महिलाले भविष्यमा गर्भवति हुन चाहन्छिन् भने पाठेघरको मुख मात्र निकालिन्छ । उपचार पश्चात् कुनै महिला गर्भवति हुन चाहेमा एक वर्ष पछि चिकित्सकको सल्लाहअनुसार गर्भवति हुन सकिन्छ ।

ख. क्यान्सरको Stage II सम्मको लागिशल्यक्रियाद्धारा पाठेघर तथापाठेघरको मुख र योनीको माथिल्लो भागनिकालिन्छ । जसलाई Radical hysterectomy भनिन्छ । यो भन्दा माथिको stage मा शल्यक्रिया नगरी Rediation Therapy तथा Chemo Therapy शुरु गरिन्छ ।

उपचार पश्चात् महिलाहरुलाई चेकजाँचको लागि ६ देखि १२ महिनामा बोलाईन्छ ।
त्यस समयमा PAP test तथा X-Ray गरेर हेरिन्छ ।
यदिउपचार पश्चात् फेरि क्यान्सर देखा परेमाकहाँ फैलिएको छ त्यसै अनुसार शल्यक्रिया तथा Radiation र Chemo Therapy गरिन्छ ।

रोकथाम

अहिले क्यान्सरको रोकथामको लागि HPV vaccine बजारमाउपलब्ध छ ।
पाठेघरको मुखको क्यान्सर human papilloma virus जुन यौन सम्पर्कबाट सर्ने भएकोले दुबै महिला र पुरुषलाई लगाउन मिल्दछ ।

यो vaccine ले महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको रोकथाम गर्दछ भने पुरुषमा पनि गुप्ताङ्गको क्यान्सरको रोकथाम गर्दछ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment