अजय प्रधान, दोलखा
असोज, बाँपीझ्याला, दोलखा । कोरोना संक्रमणका कारण दोलखा जिल्लामै पहिलोपटक एक महिलाको मृत्यु भएको छ । सदरमुकाम चरिकोटमा गत बिहिवार विहान करिब ३ बजे तिर मृत्यु भएको ८१ बर्षिय एक महिलामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।
दुई हप्ता अघि भारतबाट दोलखा आएकी बैत्यश्वर गाउँपालिका–७, नाम्दु घर भएकी ति महिलालाई बुधवार राति उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा ल्याईएको पू¥याएको थियो । मृतकको शवलाई शुक्रवार तारादल गण चरिकोटस्थित नेपाली सेनाको टोलीले खोरथली सामूदायिक वनको विचमा गाडेर अन्तिम संस्कार गरेको थाहा हनु आएको छ ।
निमोनिया भएर श्वासप्रश्वासमा समस्या भएकी ति महिलामा कोरोना संक्रमणको समेत लक्षण देखिए पछि बुधवार राती नै स्वाव सङ्कलन गरी परिक्षणको लागि धुलिखेल पठाईएकोमा बिहिवार उनको रिर्पोट पोजेटिभ आएको दोलखाका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले बताउनु भएको छ । यसै गरी मृतकमा कोरोना संक्रमण देखिएको बारे उनको परिवारलाई जानकारी गराई र लक्षण नदेखिएकालाई यथास्थानमा आईसोलोसनमा बस्न निर्देशन दिईएको प्रजिअ शिवाकोटीले बताउनु भएको छ ।