बाँपीझ्याला, काठमाडौं । देशमा कोरोना संक्रमण उच्च भएसँगै ब्रोकरहरुले लगानीकर्तालाई आफ्नो अफिस नआउन आग्रह गरेका छन् । ब्रोकर्स एशोसिएशन अफ नेपालले एक विज्ञप्ती जारी गर्दै धितोपत्रको दोस्रो बजारमा कारोबार गर्नका लागी खाता खोल्न, कारोबार गर्न, राफसाफ गर्न तथा कारोबार सँग सम्वन्धित सम्पूर्ण कार्य विधुतीय माध्यमबाटै गर्न अनुरोध गरेको छ ।
यसै गरी संघले सम्पूर्ण ब्रोकर कम्पनीलाई समेत विद्युतीय माध्यमबाट सेयर कारोबार तथा खाता खोल्ने काम गर्न गराउनु आग्रह गरेको छ ।
ब्रोकर कार्यालयमा ग्राहकको बढ्दो भिडका कारण ग्राहक स्वयं तथा कार्यालयमा कार्यारत कर्मचारीहरुसमेत उच्च जोखिममा रहेका तथा कतिपय कम्पनीहहरुमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण समेत देखिसकेको छ ।
विज्ञप्तीमा भनिएको छ । हाल भौतिक उपस्थिति बिनानै धितोपत्रको दोस्रो बजारमा कारोबार गर्ने लगायतका सबै काम गर्न सकिने भएकाले सम्पूर्ण कार्य विद्युतीय माध्यमबाटनै गर्न आग्रह गरेको छ ।