कोरोनाको कारणले सवै विद्यालयहरू वन्दछन
सबैजना वालवालिकाको पढाई विग्रियो भन्दछन ।
विद्यालयमै गएर पढन नपाएपनि विकल्पको खोजि भो
प्रायः जसो विद्यालयहरूमा अनलाईन कक्षा रोजियो ।
कसैको कम्प्युटर, मोवाईल छैन अनि ईन्टरनेट छैन
मोवाईल हुनेको पनि सबैकोमा जुम एप्स चल्दैन ।
कोरोनाले श्रृजित नौलो परिवेशमा बाच्न जान्नु परेको छ
छोराछोरीलाई पढाउन अभिभावकले नि जान्नु परेकोछ ।
नयाँ प्रविधि को अभ्यास गर्दा नाना झन्झट पर्दाे रहेछ विजुली हुन्न, नेट जान्छ आवाज नसुनेर हैरान गर्दाे रहेछ ।
धेरै वालवालिकाको लागि अनलाईन पढाईको पहुँच छैन पहुँच हुनेले नि शिक्षकले पढाएको राम्ररी बुझ्न सक्या छैन ।
शैक्षिक सत्र नै पो खेर जाने होकि चिन्तित छन सबैजना
कोरोनाको वढ्दो प्रभाव हेर्दा त लाग्दैछ त्यस्कै संभावना ।
२०७७/०६/२२