Search

जिल्ला समन्वय समिती दोलखाको प्रथम चौमासिक कार्यसम्पादन अनगुमन शुरु, गौरीशंकर गाउँपालिकामा आज सम्पन्न

जिल्ला समन्वय समिती दोलखाको प्रथम चौमासिक कार्यसम्पादन अनगुमन शुरु, गौरीशंकर गाउँपालिकामा आज सम्पन्न

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
जिल्ला समन्वय समिति दोलखाले आज बाट जिल्लाका स्थानीय तहमा हुने गतिविधिहरुको बारेमा प्रथम चौमासिक कार्यसम्पादन अनुगमन सुरु गरेको छ । उक्त कार्यसम्पादन अनगुमन अन्तर्गत आज पहिलो दिन जिल्ला समन्वय समिती दोलखाका प्रमुख डबल पाण्डेको टोलीले गौरीशंकर गाउँपालिकामा अनुगमन गरेको छ ।


प्रथम चौमासिक कार्यसम्पादन अनुगमनको क्रममा गाउँपालिकाले संचालन गरेको गतिविधिको बारेमा जानकारी गराउनु भएको थियो । गाउँपालिकामा दरबन्दी अनुसारको कर्मचारी नभएको र काम गर्न दरबन्दी अनुसारको कर्मचारी नहुदा समस्या भएको प्रमुख प्रशासकिय अधिकृत बालकुमार श्रेष्ठले बताउनु भयो ।

गाउँपालिकामा प्रशासनिक क्षेत्रमा काम गर्ने र विभिन्न वडाहरुमा वडा सचीवहरुको दरबन्दीमा कर्मचारी नभएको वहाँले बताउनु भयो । आर्थिक वर्ष २०७७÷७८ का लागि गाउँपालिकाले ४४ करोड ५२ लाख बजेट अनुसारको बिकासका योजनाहरु तय भएको र १४७ योजना रहेको गाउँपालिका प्रमुख सोयम बहादुर खडकाले बताउनु भयो ।

१४७ योजना मध्ये २३ योजना वडाहरुले संचालन गर्ने ६ वटा बोलपत्र मार्फत गरिने र अन्य गाउँपालिका मार्फत उपभोक्ता समिती मार्फत गरिने गाउँपालिका प्रमुख सोयम खडकाले बताउनु भयो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!