बाँपीझ्याला, काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लुएचअले सन् २०२० को अन्तिमसम्म खोप तयार हुन सक्ने विश्वास व्यक्त गरेको छ । डब्लुएचअका महानिर्देशक टेड्रोस अधानम गेब्रेयेससले मंगलबार यस वर्षको अन्तिमसम्ममा खोप आउन सक्ने आशा रहेको बताएका हुन् ।
गेब्रेयेससले खोप उपलब्ध भएसँगै समान वितरणका लागि विश्वभरका नेताहरुले सद्भाव र राजनीतिक प्रतिबद्धता जनाएको पनि उल्लेख गरे । कोरोनाविरुद्धको खोप निर्माणका लागि डब्लुएचओले कोभ्याक्स कार्यक्रम अघि सारेको छ ।