
परिचय
आफ्नो घरको कौसी, बरण्डा, छत आदि स्थलमा आपूmलाई दैनिक आवश्यक पर्ने वा दैनिक उपभोग गर्नुपर्ने बालीहरु जस्तै तरकारी, फलफुल, मसलाबाली आदिको खेती गर्ने प्रविधिलाई कौसी खेती भनिन्छ । विशेषगरी शहरी क्षेत्र जहाँ खेती गर्ने जग्गा हुँदैन तथा जग्गाको अभावले घर मात्र अवस्थित हुन्छ त्यस्तो घरको कौसी, बरण्डा, भित्ता आदि स्थलमा पनि विभिन्न प्रकारका बालीहरु सजिलैसंग उत्पादन गरी उपभोग गर्न सकिन्छ । कौसी खेतीबाट कमसेकम ६ महिनासम्म बजारको रासायनिक विषादीयुक्त तरकारी किनेर खानु पर्दैन तर तरिका पु¥याएर खेती गरियो भने १२ महिनासम्म पनि तरकारी किन्नु नपर्ने हुन सक्छ । यसको लागि कौसी माथि चिसो र बर्षाको पानीबाट जोगाउनको लागि सेतो प्लाष्टिकको छाना तथा गुमोज बनाउनु पर्ने हुन्छ । आजकाल सहरी क्षेत्रमा वसोवास गर्ने वासिन्दाहरुले दैनिक आफ्नो भोजनमा केहि न केहि रासायनिक विषादी परे कै हुन्छ जुन अधिकाँश तरकारी बाटै परेको हुन्छ किनभने बढि तरकारी उत्पादन गर्नको लागि प्राविधिकले सिफारिस गरेको भन्दा डब्बल वा तेब्वर रासायनिक विषादी प्रयोग गरेको हुन्छ । जुन बेलाबेलामा हामीले रासायनिक विषादीहरुको बालीमा नकरात्मक प्रयोग भएको पत्रपत्रिकामा पढ्न र समाचारमा सुन्न र देख्न पाईन्छ । रासायनिक विषादीको नकरात्मक प्रभाव संगसंगै अहिले विश्वव्यापीरुपमा कोभिड–१९ जस्ता माहामारीले मानिसहरुको शरिरलाई झन् रोगी बनाई मृत्यको संख्या दिन प्रति दिन बढ्दै गईरहेको छ । त्यसकारण यस्तो दोहोरो समस्याबाट बच्नको लागि स्वच्छ र पोषणयुक्त फलपूmल र तरकारी उपभोग गर्नको लागि कसैले पनि अल्छीपन नमानी कौसी खेती गर्न जरुरी छ र कृषि व्यवसायमा लाग्ने मानिसहरुलाई पनि जैविक कृषि खेती गर्नु पर्ने सन्देश पनि राम्रैसंग जान सक्छ ।
कौसी खेतीको महत्व
ड्उपयोगमा नआएको आफ्नो घरको छत , कौसी तथा बरण्डाको सदुपयोग हुने ।
ड्ड बोट विरुवाले घरलाई गर्मीयाममा शितलता र जाडोयाममा न्यानोपन दिन्छ ।
ड्ड ताजा र पोषकयुक्त फलपूmल तथा तरकारीहरु बर्षैभरी खान पाईन्छ ।
ड्ड रासायनिक विषादी र मलको असरबाट बच्न सकिन्छ ।
ड्ड फलपूmल तथा तरकारी किन्ने पैसाको बचत हुन्छ ।
ड्ड शहरी क्षेत्रमा हरियाली ल्याउनमा सहयोग पुग्दछ र घरको शोभा पनि बढाई दिन्छ ।
ड्ड घरमै खेर गईरहेको साधन र श्रोतहरुको राम्रैसंग सदुपयोग हुन्छ ।
ड्ड फोहर मैला व्यवस्थापन गर्न सजिलो हुन्छ ।

कौसी खेती गर्न सकिने स्थानहरु
छत, कौसी, बरण्डा, घाम लाग्ने भित्ता, सिंडीको छेउ, बरण्डाको रेलिङ्ग, पर्खालको छेउछाउ आदि ।
कौसी खेतीको लागि प्रयोग हुने भाँडाहरु
कौसी खेतीको लागि प्रयोग हुने भाँडाहरु जस्तै थर्मोकोल भाँडा, सिमेण्ट तथा चामलको बोरा, काम नलाग्ने प्लाष्टिकका बाल्टिन तथा बाटा, माटो तथा प्लाष्टिकको गमला, माछा राख्ने क्रेड । तर आजकाल बजारमा प्लाष्टिकको ग्रो ब्याग किन्न पाईन्छ र कतिपयले त कौसीमा प्लाष्टिक विछ्याएर त्यस माथि फेरी माटो विछ्याएर पनि कौसी खेती गर्ने प्रचलन छ । तर अपूmलाई जसरी सजिलो र राम्रो लाग्छ त्यसरी नै गर्नु पर्दछ ।
कौसी खेतीको लागि माटो वा कोकोपिट
माटो त विरुवालाई समात्न र अडिने बनाउनकै लागि हो । यसैले कौसी खेतीमा प्रयोग हुने माटोमा सकेसम्म बढी पोषक तत्वहरु राख्न आवश्यक छ । अनि मल धेरै राखेर माटो हलुका बनायौं भने यसले घरलाई कम मात्रै भार दिन्छ र विरुवा पनि राम्ररी फस्टाउन सक्छ । तर आजकाल बजारमा कोकोपिट पाईन्छ जुन नरिवलको जट्टालाई धुलो बनाई त्यसलाई ईट्टा जस्तै प्यकमा पाईन्छ जसलाई पानीमा डुबाएर राख्दा पछि फुलेर धुलोमा परिणत हुन्छ । यो माटो भन्दा धेरै हलुका हुन्छ त्यसकारण कौसी खेतीको लागि माटोको सट्टा कोकोपिट प्रयोग गर्न सकिन्छ ।

माटो वा कोकोपिटको तयारी
कौसी खेतीको लागि प्रयोग हुने माटोको मिश्रणमा चार भागको एक भाग मात्रै माटो राखिन्छ । बाँकी तीन भागको एक भाग बालुवा र दुई भाग मल राखी राम्रोसंग मिश्रण गरी तयार पारिन्छ । यदि घरको बोझ घटाउनको लागि माटोको सट्टा कोकोपिट प्रयोग गर्न सकिन्छ । कोकोपिट प्रयोग गर्दा बालुवा मिसाउनु पर्दैन जसमा ४ भागमा २ भाग कोकोपिट र २ भाग कम्पोष्ट मलको राम्रो मिश्रण बनाई रोप्ने भाँडामा भर्न सकिन्छ । कोकोपिट प्रयोग गर्दा झारपात उम्रीदैन र पानी राम्रोसंग सोसीएर तलसम्म पुग्छ तर कोकोपिट सुक्न दिनु हँुदैन हावाले उडाएर लान सक्ने सम्भावना हुन्छ ।

मलको प्रयोग
कौसी खेतीको लागि मल घरमै बनाउन सकिन्छ । घरको भान्साबाट निस्किीएका खेर गएका तरकारी र फलपूmलका बोक्रा तथा पातहरु, अण्डाका बोक्राहरु, खेर गएका चियापतीहरु र घरवरपरका झारपातहरु, माटो, पुरानो मलहरुलाई पुरानो प्लाष्टिकका भाँडा तथा बाल्टिनमा प्रयोग गरेर एक महिना देखि तीन महिना भित्रमा मल बनाउन सकिन्छ । समयमा मल बनाउन सकिएन भने बजारमा शहरका फोहर संकलन गरेर बनाएको जैविक मल किन्न पाईन्छ । बजारमा पाईने ई.एम. को प्रयोग गरेमा एक महिना मै घरमा मल तयार हुन्छ ।
नर्सरी व्यवस्थापन
कौसी खेतीको लागि धेरैजसो तरकारीको लागि नर्सरीमा बेर्ना उत्पादन गर्नु पर्ने हुन्छ । यसको लागि सकेसम्म प्लाष्टिक ट्रे र कोकोपिट प्रयोग गर्न सकिन्छ । पहिला कोकोपिट लाई पानीमा डढ्याउनु पर्दछ त्यसपछि कोकोपिटलाई पानी बढि भएमा निचोरेर फ्याल्नु पर्दछ, त्यसमा प्राङ्गारिक मल मिसाउनु पर्दछ, प्लाष्टिक ट्रेको प्वाल प्वालमा हाल्ने, हल्का थिच्ने र एक देखि दुई से.मि खाली हुन दिने । त्यसपछि त्यसमा बीउ रोपेर मल र कोकोपिटको समिश्रणले छोप्ने र बेलाबेलामा चिस्यान कायम राख्नको लागि पानी दिने । २० देखि २५ दिनमा बेर्ना रोप्न तयार हुन्छ । तर बजारमा पनि बेर्ना किन्न पनि पाईन्छ ।
विरुवा रोप्ने तरिका
विरुवा वा बेर्ना रोप्दा माटोमा जरा र माटोले छोएको काण्डमात्रै पुर्ने गरी रोप्नु पर्दछ । यसरी रोप्दा बेर्ना ढल्ने सम्भावना हुन्छ यसको लागि काठको छेस्काको सहयोगले ढल्नबाट जोगाउन सकिन्छ । तर कतिपय विरुवा माटोले नछोएको काण्ड समेत माटोमा पुर्न सकिन्छ तर काण्ड कुहिने रोगबाट बचाउनु पर्दछ । रोप्ने विरुवा छान्दा पात हरियो, काण्ड मोटो र जरा झुप्प र लामो भएको छान्नु पर्दछ यस्तो विरुवालाई स्वस्थ बेर्ना भनिन्छ ।
पानी हाल्ने तरिका
बोटविरुवामा पानी हाल्दा भाँडाबाट पानी नै बग्ने गरी हाल्नु हँुदैन किनभने पानी बग्दा मलमा भएको पोषक तत्व पानी संगसंगै बग्ने सम्भावना हुन्छ । त्यसकारण पानी हाल्दा माटोको भाँडा भन्दा बाहिर ननिस्कने गरी हाल्नु पर्दछ । तर मौसम अनुसार विरुवामा पानी हाल्नु पर्ने हुन्छ जस्तै गर्मीयाममा दिनमा दुई वा तीन पटक हाल्नु पर्ने हुन्छ भने बर्षायाममा एक पटक हाले पुग्ने हुन्छ ।
रोग तथा किराको रोकथामका उपायहरु
कौसीमा रोपिएका विरुवामा सबैभन्दा ठूलो समस्या, रोग तथा किराकै हुन्छ । यसको रोकथामको लागि घरमै जैविक विषादी बनाई प्रयोग गर्न सकिन्छ र यसको छोक्रा मलको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसको लागि बनमारा, असुरो, तितेपाती, निम, बकाईनो, सिस्नु, टिम्मुर, बोझो, प्याज, रातो खुर्सानी, लसुन, अदुवा, गहुँत, गोबर आदिलाई झोलमलको रुपमा १०० लिटरको प्लाष्टिकको भाँडामा बनाउन सकिन्छ । तर आफ्नो घरमा जे जे पाउँछ त्यसको झोल मल बनाउन सकिन्छ ।
यो एक महिना भित्रमा तयार हुन्छ र एक भाग झोललाई ५ भाग पानीमा मिसाई बोटविरुवामा छर्न मिल्छ । यस्ता सामग्रीहरु गाउँमा गएर जुटाएर ल्याउनु पर्दछ नभए बजारबाट जैविक विषादी ल्याएर प्रयोग गर्न सकिन्छ ।
