बाँपीझ्याला, काठमाडौं, असोज २१ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधी सभा सांसद दिब्यमणि राजभण्डारीले काठमाडौंमा तत्काल एक हजार थान भेन्टिलेटर र आइसियू बेडको ब्यवस्था गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सल्लाह दिनु भएको छ । कोरोना भाइरसको संक्रमण उपत्यका लगाएत देशका विभिन्न भागमा उच्च दरमा पुगेको भन्दै सांसद राजभण्डारीले स्वास्थ्य मन्त्रालय र सहयोगी टीमको मात्रै भर नपरी आफै बिशेष पहल कदमी लिन प्रधानमन्त्री ओली र सरकारसंग माग गर्नु भएको छ ।
कोरोना संक्रमणको जोखिम काठमाडौंमा उच्च विन्दुमा पुग्दै छ । यसै गरी संक्रमण दर पनि ह्वात्तै बढ्यो भने उपत्यकावासीलाई कोरोना संक्रमणबाट हुने खतरालाई अव सरकारले थेक्न सक्ने अवस्था छैन । यसैले खतरा आउनु भन्दा पहिला नै काठमाडौं उपत्यकामा कम्तीमा एक हजार भेन्टिलेटर तत्कालै थप्नुपर्छ, यस्का लागि भेन्टिलेटर आयातको बिशेष निर्णय गर्नुपर्छ भनी सांसद राजभण्डारीले भन्नु भएको छ ।
सांसद राजभण्डारीले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि शुरुदेखि नै सरकारलाई बिशेष साथ सहयोग दिँदै आउनु भएको वहाँको भनाई रहेको छ । अव खतराको रेखा पार गरिसकेको छ, यही अवस्थामा रहि रहेमा भेन्टिलेटर र आइसियूको अभाव हुन्छ, उपत्यकामा हाहाकार मच्चिन्छ भन्ने सोचेर सरकारले तुरुन्त कदम चाल्नुपर्छ,’ राजभण्डारीको सुझाव रहेको छ । उहाँले हालसम्म भेन्टिलेटर आयात हुन नसकेकोप्रति गम्भीर चिन्ता पनि जनाउनु भयो । सरकारले अहिलेसम्म भेन्टिलेटर आयात गरेको छैन, काठमाडौं उपत्यकामा कति वटा भेन्टिलेटर छ, देशभर कति वटा छ ? कति आवश्यक पर्छ ? भन्ने अध्ययन गरी जनतालाई जानकारी गराउनु पर्छ । यस्तै गरी पिसिआर परीक्षणको दायरा ब्यापक बनाउन पनि उहाँको सुझाव छ ।
उपत्यकामा टोल टोलमा, चोक चोकमा पिसिआर परिक्षणको व्यवस्था गर्नु पर्नेमा वहाँले जोड दिनु भएको छ । यसरी अहिलेको सरकारको पहिला काम जनताको ज्यान बचाउने प्रधानमन्त्रीको चाहना पूरा गर्न भेन्टिलेटर र आइसियू बेड नै पहिलो आवश्यकता रहेको उहाँको भनाई छ ।
अव जाडोयाम शुरु भइसकेकोले अव स्वासप्रश्वासका बिरामीको संख्या बढने, विशेष गरी जेष्ठ नागरिक र बृद्धबृद्धाहरुलाई यो रोगले बढी चाप्ने भएकोले यसबाट पिडित विरामीहरुलाई अस्पताल लगरे निर्धक्क जचाँउने अहिले अवस्था छैन र कोरोनाको जोखिम झनै हुने पनि राजभण्डारीको भनाई छ ।
कोरोनाको सन्दर्भमा सरकार पनि कमजोरी छ, नागरिक पनि जिम्मेवार भएनन अव सरकारले आवश्यक उपाय अबलम्बन गरोस, नागरिक पनि कोरोना संक्रमणबाट बच्न मास्कसहित तोकिएको स्वास्थ्य मापदण्ड पालना गर्नतिर बिशेष सतर्क हुनुपर्छ भन्ने वहाँको थप भनाई रहेको छ ।
उहाँले जनताले मास्क नलगाउने रोगकै कारण कोरोना संक्रमित बढिरहेको तथ्य पनि राख्नुभयो । संक्रमण दरलाई हेरेर सुबिधासम्पन्न बिद्यालयदेखि अस्पतालसम्मलाई कोरोना उपचारको ब्यवस्था मिलाई पर्याप्त भेन्टिलेटर र आइसोलेशन कक्ष निर्माण गर्न अव सरकारले एकछिन पनी ढिला गर्न नहुने र यसै गरी आवश्यक ईक्यूप्मेन्टहरु ल्याउनको लागि मित्र राष्ट्रहरु संग सहयोगको लागि हात बढाउनु पर्ने अवस्था रहेकोले त्यही अनुसार अगाडी बढ्न सांसद राजभण्डारीको भनाई रहेको बाँपीझ्यालालाई बताउनु भएको छ ।
अहिले प्रधानमन्त्रीको जत्ति गम्भीरुता देखिएको छ तर सरकारको माताहतका सम्वन्धीत निकायमा देखिएको छैन त्यसैले अव उहाँ आफैले बिशेष पहलकदमी लिनुपर्छ, बालुवाटार वरपरका मात्रै कुरा सुनेर सुनको पिजडाभित्र बस्नु हुन्न प्रधानमन्त्री, सवैको सुझाव लिएर नागरिकको ज्यान बचाउने अभियानमा लागेर आफ्नो दृढ लक्ष्य पूरा गर्न कुनै कसर बाँकी राख्नुहुन्न,’ उहाँको सुझाव थियो । पछिल्लो समय उपत्यकामै आइसियू बेड पाउनै मुस्किल भएको र अस्पतालहरुले कोरोना रिपोर्ट नआएसम्म जस्तोसुकै बिरामीलाई पनि उपचार नगर्ने मात्रै होइन, अस्पतालमै प्रवेश गर्न नदिने तितो यर्थाथ घटना भइरहेको तर्फ पनि सांसद राजभण्डारीले सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
काठमाडौं उपत्यकामै आइसियू बेड पाउनै मुस्किल छ, गम्भीर अवस्थाका कोरोना संक्रमितले पनि पालो कुर्नैपर्ने बाध्यता छ, यसतर्फ गम्भीर बन्नुपर्छ ।
अव भयावह अवस्था आउँछ, प्रधानमन्त्रीले तत्कालै हस्तक्षेप गरी आइसियू र भेन्टिलेटरलगायत उपचारको सवै ब्यवस्था मिलाउनु पर्छ । यसै गरी नेपालीहरुको महान चाड दशै नजिकिन्दै गरेको बेला उपत्यकावासी नेपाली जनता आ– आफ्नो गाउँ घर जाने क्रम बढीरहेको छ, कमसेकम अरु केहि गर्न नसके पनी पिसिआर परिक्षण सम्म गरेर पठाउन पाए संक्रमण व्यक्ती गाउँ घर छिर्न पाउने थिए र गाउँ संक्रमण बाट बच्न सक्थ्यौ तर अहिले त्यो पनी सम्भावना धेरै कम भएकोले उहाँले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले अघि बढाउने हरेक काममा आफुले साथ दिने बताउँदै महामारीको बेला सत्तापक्ष वा प्रतिपक्ष कसैले पनि राजनीतिक मुद्दा बनाउन नहुने कुरामा पनि जोड दिनु भएको छ । पहिला जनताको ज्यान जोगाऔं त्यसपछी राजनीति गरौं भन्ने सांसद राजभण्डारीज्यूको भनाई रहेको छ ।