Search

भीमेश्वर मन्दिर स्थित जोगी बस्ने पार्टी पुनः निर्माण हुने

भीमेश्वर मन्दिर स्थित जोगी बस्ने पार्टी पुनः निर्माण हुने

अजय प्रधान
बाँपीझ्याला, दोलखा ।
२०७२ सालको भुकम्पले क्षती पुगेको भीमेश्वर मन्दिर स्थित जिर्ण अवस्थामा रहेको जोगी बस्ने पार्टी पुनः निर्माण हुने लागेको छ । उक्त पार्टी निर्माणको लागि पुरातत्व विभागको सहयोगमा ७५ लाखको लागतमा निर्माण हुन लागेको छ ।

यसको लागि यही असोज १६ गते टेण्डर भई सकेको भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठले जानकारी दिनु भयो ।


यसै गरी पर्यटन बिकास आयोजना बाग्मती प्रदेशको सहयोगमा मुद्रा संग्रालयको लागि दुई बर्षमा निर्माण सम्पन्न गर्ने गरि पाँच करोडको लागतमा निर्माण गरिने भएको छ । जसको लागि टेन्डर प्रकिया अगाडि बढाउन आयोजना प्रमुख शिव सापकोटा कुरा भई अगाडी बढीरहेको जानकारी समेत वडाध्यक्ष श्रेष्ठले दिनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!