Search

कोरोना संक्रमणका कारण मालपोत र यातायात कार्यालय बन्द

कोरोना संक्रमणका कारण मालपोत र यातायात कार्यालय बन्द

बाँपीझ्याला, मोरङ । विराटनगरस्थित भूमिसुधार तथा मालपोत कार्यालय र यातायात व्यवस्था सेवा कार्यालयको सबै सेवा बन्द गरिएको छ । मालपोत कार्यालयका एक जना अधिकृतलाई कोरोना संक्रमण पाईएपछि तीन दिनका लागि सेवा बन्द गरिएको हो ।

यसैगरी यातायात व्यवस्था सेवा कार्यालयका कर्मचारीहरुलाई कोरोनाको जस्तो रुघाखोकी, ज्वरो र घाँटी दुख्ने जस्ता लक्षण देखिएपछि सबै सेवा बन्द गरिएको छ । सेवा बन्द भएपछि सेवाग्राहीहरु फर्कने गरेका छन् । कार्यालय खोलिएको समयमा स्वास्थ्य सतर्कता नअपनाइएको र बढी भिडभाड गरिएका कारण अहिले सेवा नै नपाउने अवस्था आएको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।

भूमिसुधार तथा मालपोत कार्यालय र यातायात व्यवस्था सेवा कार्यालयका अन्य कर्मचारीहरुको स्वाँब संकलन गरिएको र जाँच रिपोर्ट आउन बाकी रहेको बताइएको छ । कोरोनाको अत्यधिक जोखिममा रहेको विराटनगरमा अहिले पनि धेरै सरकारी तथा निजी कार्यालयहरुमा भीडभाड हुने गरेको छ । स्वास्थ्य सतर्कता समेत नअपनाइएकाले ती कार्यालयहरुबाटै कोरोना संक्रमण फैलिन सक्ने सेवाग्राहीहरुले बताएका छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment