Search

डाक्टर केसीका मागहरु पूरा गर्न र उहाँको जीवन रक्षा गर्न स्रष्टाहरुबाट ऐक्यबद्धता

डाक्टर केसीका मागहरु पूरा गर्न र उहाँको जीवन रक्षा गर्न स्रष्टाहरुबाट  ऐक्यबद्धता

बाँपीझ्याला, काठमाण्डौं । १९ औं चरणको सत्याग्रहमा रहेका प्रा. डा. गोविन्द केसी सत्यग्रहको २२ औं दिन पुगिसक्दा पनि उनको मागका सम्बन्धमा सरकारले न कुनै औपचारिक छलफल र वार्ताको पहल नगरेकामा साहित्यकारहरूले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै र उनको सत्याग्रहमा ऐक्यबद्धता प्रकट गरेका छन् ।

प्रेस विज्ञप्ति 
प्रा.डा. गोविन्द केसी अहिले १९औं चरणको सत्याग्रहमा हुनुहुन्छ । सत्याग्रहकाे  २२ औं दिन पुगिसक्दा पनि  डाक्टर केसीले राख्नु भएका मागका सम्बन्धमा सरकारले न कुनै अाैपचारिक  छलफल गरेकाे छ , न त कुनै वार्ता नै गरेकाे छ । संविधानले निर्दिष्ट गरेकाे नागरिककाे स्वास्थ , कर्णाली लगायतका दुरदराजमा अस्पताल खाेल्ने लगायत जनताका महत्त्वपूर्ण माग हुन् । स्वास्थ क्षेत्रलाई माफियाकाे चंगुलबाट मुक्त गर्न र  सुशासन कायम गराउने बिषयमा एकजना प्रतिष्ठित डाक्टरले लगातार सत्याग्रह गर्न बाध्य हुनुपर्ने अबस्था सृजना हुनु सरकारमा बस्नेहरुका लागि लज्जास्पद बिषय हाे । यसले हामी कस्ताे लाेकतन्त्रकाे अभ्यास गरिरहेका छाैं भन्ने गम्भीर प्रश्न उब्जिएको छ । 
डा. केसीको निष्ठाको यो लडाइँमा लामो मौनता देखाउँदा सरकारको चरित्र उदाङ्गाे मात्रै भएको छैन सरकार उत्रनै नसक्ने गरि माफियाको चंगुलमा छ भन्ने देखाएको छ ।


हरेक सरकार केसीका मुद्दामा लाचार देखिएका छन् । यसले नागरिकका प्रति सरकारी दृष्टिकोण प्रष्ट भएकाे छ ।  स्वास्थ्य शिक्षा र सुशासनमा केन्द्रित भएर सुरु भएको डा. केसीको सत्याग्रह अब देशको सुशासन र समग्र बेथितिको अन्त्यको लागि समेत समर्पित छ । सबै अनियमितता र अन्योलको मुल चुरो भ्रष्टाचार र शासकको बेइमानी नै हो । जसका कारण डाक्टर केसी बारम्बार आफ्नो जीवन दाउमा राखेर निस्वार्थ अहिंसात्मक  सत्याग्रहको हतियार उठाउन बाध्य भएका छन् ।
डा. गोविन्द केसीले नेपालीको स्वास्थ , शिक्षा र सुशासनका   लागि पटक पटक सत्याग्रह जस्तो जीवन-मरणको अन्तिम अस्त्र प्रयोग गर्नुपर्ने विडम्बना कहिलेसम्म हो ? स्वार्थै-स्वार्थले आक्रान्त समयमा निस्वार्थ रुपमा एकजना नायक अहिंसात्मक अान्दाेलनमा जुटिरहेका छन् । 

उनकाे  यो एकल निष्ठा र इमानको दियोले असल मान्छे र परोपकारी भावना अझै जिवित छ भन्ने आशा जगाउँछ । अहिंसा र शान्तिको मार्ग बाट आफूलाई कष्ट दिएर भोक प्यास खपेर जनताको माग सम्बोधन गर्न लगाउने डाक्टर केसीको अभियान स्तुत्य र बन्दनीय छ । यद्यपि उहाँको जीवन जोखिममा पर्नु किमार्थ स्वीकार्य छैन  । डाक्टर केसीका मागहरु पूरा गर्न र उहाँकाे जीवन रक्षा गर्न हामी स्रष्टाहरु सरकारसंग जाेडदार माग गर्दछाैं । १. तीर्थ श्रेष्ठ – कवि / पूर्व सदस्यसचिव – नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठान २. भाेजराज न्याैपाने – कवि /पत्रकार३. श्रीबाबु कार्की उदास – कवि४.ठाकुर बेल्वासे – कवि /पत्रकार ५.मणि लाेहनी – कवि/ पत्रकार ६. हेमन्त विवश – कवि
मिति २०७७ असाेज १९

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!