Search

अक्षय कुमार र वाणी कपुर अभिनीत ‘बेल बटम’ प्रदर्शनको तयारीमा

अक्षय कुमार र वाणी कपुर अभिनीत ‘बेल बटम’ प्रदर्शनको तयारीमा

बाँपीझ्याला, मुम्बई । कोरोना भाइरसको महामारीको बाबजुद पनि बलिउड इन्डस्ट्री पुनः चलमलाएको छ। अक्षय कुमार र वाणी कपुर अभिनीत ‘बेल बटम’ पहिलो बलिउड फिल्म हो जुन प्रदर्शनको लागि तयार भएको छ। वाणीले यो फिल्मका लागि स्कटल्यान्डमा आउटडोर सुटिङ गरेकी थिइन्।

वाणीले भनिन्, ‘बेलबटमको सुटिङमा धेरै रमाइलो भयो। यो अनुभव सम्झनलायक भयो। कोरोना महामारीको चुनौतीबीच पनि टिमले सुटिङको वातावरण सुरक्षित बनाएको थियो। ठूलो क्रुको बीच हामीले सुरक्षित रूपमासुटिङ गर्‍यौं। यसको श्रेय प्रोडक्सनलाई जान्छ।’

‘युनिटले सुरक्षाका सबै सावधानी अपनाएको थियो। वाणीले भनिन्, ‘सुरक्षा र सरसफाइको प्रतिबद्धतासहित सबैलाई ढुक्क बनाइएको थियो। जहाज चढ्दा म केहीचिन्तित थिएँ तर पूरा युनिटले सुरक्षाकासबै सावधानी अपनाएकाले कुनै समस्या भएन। पूजा इन्टरटेनमेन्ट एवं उनको टिमलेमलाई सुटिङ जारी राख्न आत्मविश्वास दिलायो।’

वाणी यो वर्ष निकै व्यस्त रहिन्। उनी छिट्टै आयुष्मान खुरानासँग आफ्नो आगामी फिल्मको सुटिङ सुरु गर्दै छिन्। यो एक प्रगतिशील प्रेम कथा हुने बताइएको छ। यसको निर्देशन अभिषेक कपुरलेगर्दै छन्। वाणीले भनिन्, ‘म अभिषेकको निर्देशनमा बन्ने यो प्रगतिशील प्रेम कहानीका लागि आयुष्मानसँगसुटिङ गर्न उत्साहित छु। मेरो उद्योगलेफेरि गति लिएकोमा म निकै खुसी छु।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!