बाँपीझ्याला, दोलखा । सफा सुनौलो नेपाल काठमाडौं र चाइना फाउन्डेसन फर पोभर्टी एलिभेसन नेपाल अफिसको आर्थिक सहयोग तथा दोलखाका युवा समाजसेवी राकेश श्रेष्ठ को विशेष सक्रियतामा दोलखाको भीमेश्वर नगरपालिका वडा नं.–२ तिखातल प्रा.वि. का ७० जना, त्रीपुरासुन्दरी आधारभुत बिद्यालय राम्पाका १३२ जना, सुन्द्रावती आधारभुत बिद्यालय, सुन्द्रावतीका १२० जना र भीम माध्यमिक विद्यालय दोलखाका १६५ जना, फुलपा प्राथमिक बिधालय फुलपाका ६५ जना र बाल मन्दिर दोलखाका ५५ विद्यार्थीहरुको अभिभावकहरुलाइ खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको छ । कोरोनाको कारण सामाजिक दुरी कायम गरि सो कार्यक्रम गरिएको हो ।

भी.न.पा –२ दोलखाको अध्यक्ष श्री बिराजमान श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सफा सुनौलो नेपालका केन्द्रिय प्रतिनीधि सुरेश प्याकुरेल चाइना फाउन्डेसनका प्रतिनिधि, लाइन्स क्लब अफ दोलखा पुर्ब अध्यक्ष तथा ख्याती प्राप्त युवा गायक दीपक स्वप्नील श्रेष्ठ, प्रेस युनियनका दोलखा उपाध्यक्ष निर्जला आचार्य, सम्बन्धित सरोकारवालाहरु, बिद्यालयका प्रअ, शिक्षक, बुद्धिजीवी, अभिभावक तथा बिद्यालय ब्यबस्थापन समितीका अध्यक्षहरुका साथ दोलखावासीहरुको उपस्थिती रहेको थियोे ।

चामल, तेल, दाल लगायतका खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको जानकारी प्राप्त भएको छ । उक्त कार्यक्रम भीमेश्वर नगरपालीकाका वडाध्यक्ष विराजमान श्रेष्ठको प्रमुख आतिथ्य र युवा समाजसेवी राकेश श्रेष्ठको सभापतीत्वमा सम्पन्न भएको थियो भने कार्यक्रम शिवजी प्रधानले संचालन गरिएको थियो ।



