Search

उपभोक्ता समितीलाई अभिमुखीकरण तालिम

उपभोक्ता समितीलाई अभिमुखीकरण तालिम

अजय प्रधान
बाँपीझ्याला, दोलखा ।
आव २०७७÷०७८ मा विनियोजित आयोजनाहरुको उपभोक्ता समितिका पदाधिकारीहरु अध्यक्ष, सचिव र कोषाध्यक्षज्यूको अभिमुखिकरण कार्यक्रम यही असोज २ गते वडा नं. ६ बाट शुरु, वडा नं. १ मा ४ गते, वडा नं. ३ र ४ मा ९ गते, वडा नं. ८ मा १० गते, वडा नं. ७ मा ११ गते, वडा नं. ९ र २ मा १३ गते आज १४ गते वडा नं. ५ बाट सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रममा उपभोक्ता समितीका पदाधिकारीहरुले आफूले गर्नुपर्ने कार्य, प्राविधिकले गर्ने कार्य, वडाले गर्ने कार्य, योजना र प्राविधिक शाखाले गर्ने कार्य, लेखा शाखाले गर्ने कार्य एवं अनुगमन समितिले गर्ने कार्यहरु सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको थियो ।


विशेषतः योजना संझौता गर्नेदेखि योजना सम्पन्न गर्दा उपभोक्ता समिती र भीमेश्वर नगरपालीकाले गर्नु पर्ने कार्यहरु सम्बन्धि विस्तृत छलफल भएको थियोे । योजना संझौता गर्दा, बैक खाता खोल्दा, रनिङ विलरअन्तिम विलको भुक्तानीका कागजातहरु प्राविधिकले आयोजनाको शुरुमै दिने लाइन र लेभल, कार्य शुरु हुनु अगाडि, हुदाहुदै र सम्पन्न भए पश्चात्, तीन तहको अनुगमन, डोर हाजिरी एवं सार्वजनिक सुनुवाइ सम्बन्धि विस्तृत रुपमा छलफल भएको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!