Search

स्वास्थ्य सम्वन्धी पूर्णरुपमा पालना गर्न तामाकोशी गाउँपालीकाको अनुरोध

स्वास्थ्य सम्वन्धी पूर्णरुपमा पालना गर्न तामाकोशी गाउँपालीकाको अनुरोध

अजय प्रधान
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लाको तामाकोशी गाउँपालिकाले कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरेको छ । उक्त गाउँपालिकामा कोविड –१९ को लक्षण संक्रमितहरु भेटिने क्रम बढ्दै गइरहेको र लक्षणविहिन संक्रमितहरु धेरै हुनसक्ने सम्भावना रहेकाले स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्डको पूर्णरुपमा पालना गर्न अनुरोध गरेको छ ।


त्यसैगरि भिडभाड जमघट लगाएत अत्यावश्यक बाहेकका कुनैपनि कार्यहरु नगर्न, पसल, होटल, बजार लगाएत भिडभाड हुने स्थानमा अनिवार्य रुपमा स्यानिटाइजर वा साबुन पानीले हात धुने व्यवस्था गर्न र भौतिक दुरी कायम हुनेगरि व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको छ ।

संक्रमण समुदायस्तरमा फैलन नदिन संक्रमित सँग सम्पर्कमा रहेका व्यक्तिहरु अनिवार्य रुपमा १४ दिन होम क्वारेन्टिनमा बसिदिन र कुनै पनि व्यक्तिलाई कोभिड १९ रोगसँग मिल्दो जुल्दो लक्षण देखिएमा तुरुन्त गाउँपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न अुनरोध गरिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!