Search

नेपालको स्विजरल्याण्ड जिरी….

नेपालको स्विजरल्याण्ड जिरी….
सविना मानन्धर
भीनपा –२, दोलखा
हाल बसुन्धरा, काठमाण्डौं

दोलखा जिल्ला नेपालको उत्तरी पूर्वी हिमाली जिल्ला मध्ये एक हो । ऐतिहासिक, धार्मिक जिल्लाले धनी अनी सम्पन्न मानिएको यस जिल्लामाको मध्य भागमा दोलखा पर्दछ जहाँ विशेष गरी नेवार जातीहरुको बसोवास रहको छ । यसै गरी दोलखाको दक्षिणी क्षेत्र नेपाल भित्र मात्र प्रख्यात नभएर नेपाल बाहिर पनि उत्तिकै प्रख्यात रहको अर्थात नेपालको स्विजरल्याण्डको नामले प्रख्यात जिरी रहेको छ ।

यसै सन्दर्भमा तपाई हाम्रो माझमा आन्तरीक र बाह्य पर्यटकहरुको लोभ रहेको दोलखाको जिरी आज भन्दा करिव ४ वर्ष अगाडी दोलखा जाने क्रममा पहिलो चोटी जिरी जाने अवसर मिल्यो । मेरो जिरीको यात्रा पहिलो पटक थियो जुन यात्रा अस्मरणीय अनी रमाईलो थियो यसै सन्दर्भमा तपाई हामी कोहि जिरी जानु भएको छ ? यदि छैन भने एकचोटी जानु हुनेछ भनी केहि मेरो मष्तिकमा रहेको सस्मरणका शव्दहरुलाई यहाँ विश्लेषण गर्ने कोशिस गरेको छु ।

काठमाण्डौदेखि १ शय ८८ किलो मिटर उत्तर पूर्व हिमाली जिल्लामा अवस्थित जिरी सदरमुकाम चरिकोट अर्थात भीमेश्वर नगरबाट करिब ८ कोष टाढा रहेको छ । लामोसाँगु–जिरी मोटर बाटोको प्रभावले गर्दा दोलखा जिरी दोलखाको लागि मात्र नभएर छिमेकी जिल्लाहरु रामेछाप, सोलुखुम्वु र ओखलढुंगाको लागि समेत प्रत्यक्ष सम्पर्कको थलो भएको छ । अझ विश्व कै अग्लो हिम शिखर सगरमाथा जाने पर्यटकहरुको प्रवेशद्वार भएकोले बास बस्नको लागि यहाँ विदेशीहरु आउने गर्दछन् ।

जातिको हिसावले हेर्ने हो भने नेपालकै लागि दुर्लभ मानिएको जिरेल जाति यस ठाउँमा बसोबास गरेको पाईएको छ । साथै यिनीहरुले जिरेल भाषा बोल्ने गर्दछन् । जुन भाषा बोल्दा शेर्पा र तमाङ भाषाको लवज संग केहि अंश मिलेको जस्तो सुनिन्छ तर शेर्पा र तमाङ भाषा भन्दा भिन्न छ । वि. सं. २०१८ सालमा जिरी बहुमुखी विकास योजना र जिरी कृषि केन्द्रको स्थापना पछि यस ठाउंमा विकास भएको पाईन्छ, तरपनि मोटरको बाटो खुल्नु भन्दा पहिले जिल्लाको विकट लेकाली भू–भाग मानिएको र असचेत रहेको यो ठाउँ हाल निक्कै माथि पुगिसकेको छ । प्राकृतिक सौन्दर्यताको दृष्टीकोणले हेर्ने हो भने जिरी दोलखा जिल्लाको मात्र नभएर सिङ्गो नेपाल राष्ट्रको गणनाको रुपमा लिन सक्छौं ।

प्राकृतिक एवं पर्यटकिय दृष्टीकोणले अत्यन्त महत्वपूर्ण अनि रमणीय स्थानको रुपले चर्चा पाएको यो जिरी उपत्यका जस्तै छ । यसको साथै नजिक पर्ने चेर्दुङ डाडाँ जस्तो रमणीय स्थलले गर्दा यस ठाउँको पर्यटन व्यवसायको आधारलाई अझ बलियो बनाउन मद्दत पु¥याएको छ । वरपर डाँडाकाडाँ र पहाड अनि जंगलले घेरिएर बीचमा फाँट रहेको छ । जिरी बजारको प्रवेशद्वारमा हाटडाँडा रहेको छ । जुन ठाउँमा हप्तामा १ चोटी हाट लाग्ने गर्दछ । स्थानिय कृषि व्यवसायी, डारी पाखी बुन्ने गरेका व्यापार व्यवसायीहरु यस हाट लाग्ने दिनमा आएर यस हाटडाँडामा विक्रि वितरण गरेको पाईन्छ । यसै गरी फाँटको दक्षिण पट्टि मोटर चल्नु भन्दा पहिले गौचरण बनाईएको थियो पछि मोटरको बाटो खुली सकेपछि हाल सो गौचरण बन्द भएको छ ।

पहिलेको ढुंगे हालको लिंकन बजारको नामले प्रसिद्धता पाएको छ । जुन बजार हाल दोहोरो बजारको रुपमा बिकास भएको छ । यसै गरी यहाँ जिरी प्राविधिक शिक्षालय छ । जहाँबाट बर्षेनी सयौ जना विद्यार्थीहरु सव ओभरसियर, इलेक्ट्रीसियन, जेटिए, अनमीहरु तयार भएर बाहिरीन्छन् । जुन शिक्षालय दोलखाको मात्र नभएर देश कै आकर्षकको केन्द्रविन्दुको रुपमा स्थापित भईसकेको पाउछौं ।

यसै गरी चिज कारखाना, नेपाली कागज कारखाना र काष्ठकलाले भरिपूर्ण यस जिरी फर्निचर कारखानामा पनि त्यतिकै महत्वपूर्ण रहेको पाउंछौं । यसै गरी यस्को अर्को आकर्षणको केन्द्रविन्दु भनेको जिरीको शिवालय हो जुन व्यवसायीक हिसावले यस ठाउँमा पनि धेरै विकास भएको पाईन्छ । लिंकन बजारमा बस्न खानको लागि राम्रो राम्रो होटेल व्यवसायहरु संचालन भएको पाईन्छ । जिरीको अर्को प्रख्यात याक चिज कारखाना छ जुन नेपाल भित्र मात्र नभएर बाहिर पनि त्यतिकै निर्यात भएको पाईन्छ ।

मौसमको दृष्टीले यस ठाउँ अत्यन्त चिसो र यहाँ जाडो छ । सगरमाथाको प्रवेशद्वार भएको कारणले गर्दा नेपालीहरु मात्र नभएर विदेशीहरुको पनि घुईचो बसन्त ऋतुमा त्यतिकै लाईन लाएर भित्र प्रवेश गरीरहेको पाउँछौं ।

यसरी घुम्नलाई आन्नद र बस्नलाई सुविधायुक्त चिसो चिसो हावापानी संगै तातो पानीको सुविधा भएको होटेल, लज र गेष्ट हाउस रहेको यस रमणीय उपत्यका जिरी जाने क्रममा बाटोमा प्राकृतिक सौन्दर्यताले भरीपूर्ण, भीरपाखा कन्दराहरुले आगन्तुकहरुको स्वागतमा हाँसिरहको जस्तो मुस्कुराहट र चरिकोट तामाकोशी हुदै तल नयाँपुल झर्दाको त्यो क्षणले त अझ रमाईलो जुनबाटोमा तामाकोशीको चिसो हावा स–संगै गुडिरहेको मोटरहरुको आवाजको तालमा बाटो बाटोमा रंगी चंगी रंगले सजिएकी भाले अनी पोथी मयुरहरुको नाचँले अझ थप मनोरञ्जन दिएको दृश्य झन स्मरणीय रहेको थियो । कतै पाईहाल्यो भने गएर गुडिरहेको मोटरको अगि अगि ताति लागि नाची रहेको मयुरलाई समात्न जाउकी जस्तो खुलदुली हुने गर्दथ्यौ ।

यसै गरी केहि समयको अन्तरालमा तामाकोशी अर्थात दक्षिणी क्षेत्रको प्रवेशद्वार तामाकोशी नयाँपुल पुगेछौं । चिया नास्ताको लागि म लगायत हामी सवै गाडीबाट ओल्यौं, प्रायः गरी लोकल गाडिहरु र त्यस क्षेत्रमा चल्ने रुटका गाडीहरुमा आउने जाने गरेका यात्रुहरुलाई विश्राम गराउने चिया नास्ता गराउने र खाना खुवाउने गराउने गरिने रहेछ यहाँ र साथमा तामाकोशी नदिको चिसो पानीमा बगेको माछा पनि यहाँ नै खान पाईने भएकोले हामीले पनि माछा चिउरा मज्जाले खायौं, चिसो पानीमा हुर्केको माछाको स्वाँद नै अर्के हुने रहेछ र यो यहाँको अर्को विशेषता रहेछ जु म लगायत हामी सवैले अनुभव गर्ने मौका पायौं । यसै गरी करिव एक डेढ घण्टाको अन्तरालमा नाम्दु मैनापोखरी हुदै हामी हनुमन्ते डाँडानिर आईपुग्यौं । यहाँसम्म आईपुग्दा हामी जिरीको प्रवेशद्वार आई पुगी सकेका हुनेछौं र हाम्रै आगमनलाई पर्खि बसी स्वागतमा हाँसीरहेको जिरीको हाटडाँडाको केहि भाग हामीले यहाँबाट सजिलै देख्न सक्छौ जुन जिरी पहिलो चोटी यात्रा गर्ने पर्यटकहरुको लागि गर्वको महशुष गर्न पाईने रहेछ त्यही अनुभुती मैले पनि गर्न पाए र मन मनले खुब खुसी भए ।

यसरी केही समयको यात्रा पछि हामी जिरी हाटडाडां पुग्यौ गाडीबाट ओर्लेर केहि फोटोहरु लियौ । यसरी जिरीको प्रवेशद्वार हाटडांडाबाट तलतिर नियालेर हेरे त्यहा नयाँ नौलो र मनमोहक दृश्यले सु–सजित वस्ती मेरो अगाडी छर्लङ्ग आयो त्यो के भनेर मैले सोधखोच गर्दा त्यो त जिरीको प्रख्यात लिङ्कन बजार पो रहेछ मलाई त्यहाबाट कहिले लिङ्कन बजार पुगिला भन्ने कौतुल्यता रहि रह्यो तर एकछिन पछिको ओरालो यात्रापछी हामी लिङ्कन बजार पुग्यौ जुन बजार सुनेको भन्दा धेरै रमाईलो लाग्यो एकछि घुम्यौ अनी शिवालय जाने द्वार तिर अगाडी बढदै थियौ ।

हामी संगै जानु भएको मध्ये दाजु अजयले खानपिनको लागि होटेल रेष्टुरेन्ट खोज्दै हुनु हुन्थ्यौ यतिकैमा एउटा मिठो आवाज सुन्नमा आयो अलि तल फिसिङ फार्म हाउस छ त्यहाँ मिठो खाना र ट्राउड माछा पाईन्छ जाने भए यहाँबाट जान सक्नु हुन्छ भनेपछि हामी उतैतिर लाग्यौ र नभन्दै पहिलेको गौचरण संगै एउटा पोखरीमा माछा पालन गरेको रहेछ अनी हामीले भनेको अनुसारको साईजको माछा उपलरब्ध गराई दिनु हुने रहेछ । श्रीमान श्रीमती बसेर चलाएको एउटा सानो होटेल रेष्टुरेन्ट रहेछ जुन रेष्टुरेन्टको नाम फिसिङ्ग फार्म एण्ड क्याफे हाउस रहेछ । अनी हामीले के के पाउँछ भनेर सोधे पछि खाना अनी खाना, खाजाको प्रकार माछा मासु यो यो पाईन्छ भनेर भने पछि हामी माछा खाने निधो ग¥यौ करिव ५ किलो जत्ति माछा हाम्रो लागी तयार गर्नु भएछ ।

यसै विचमा म अनी सृजना भाउजु मेरो बहिनी, छोरीहरु, र अजय दाजु समेत हामीहरु एकछिन त्यही माछा पोखरीमा पौडी खेल्न थाल्यौ यसले थप मज्जा र रमाईलोको अनुभुती दिलायो । केहिबेरमा हामीले अडर गरी राखेको खाना तयार भयो भनी हामी संगै यात्रामा संगै जानु भएको सुकु दाईले खबर गर्नु भयो र एकछिनमा हामी खाना खानतिर लाग्यौ यसरी खाना खाएको एकघण्टा जतिमा हामी दोलखा आउने तयारीका साथ फेरी जिरी हाटडांडाको उकालो लाग्यौ । जसरी हामी जादाँखेरी रमाईलो गरी गएका थियौ त्यसै गरी फर्कन्दाखेरी पनि हनुमन्ते डांडा, मैनापोखरी हुदै तामाकोशी आईपुग्यौ एकछिनको विस्राम पछि हामी चरिकोट आयौ र समयमै दोलखा आईपुग्यौ । यसरी जिरी घुम्नको लागि धेरै ठाउँ नभएपनि पर्यटकिय दृष्टीले अत्यन्त रमाईलो अनी मनोमोहक दृश्यले सजिसजाउ नेपालको स्विजरल्याण्डको नाउँले प्रख्यात जिरी तपाई पनि एकचोटी घुम्न जाऔं भनी तपाईहरु सवैमा मेरो यो सस्मरणको दुईशब्द……

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!