Search

६ महिनापछि विद्यालय खुल्दा विद्यार्थी फुरुङ्ग

६ महिनापछि विद्यालय खुल्दा विद्यार्थी फुरुङ्ग

असोज, बाँपीझ्याला, काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ७, महादेवस्थानस्थित प्रभात माध्यमिक विद्यालयले गत असारमा अनलाइन कक्षा सञ्चालनका लागि विद्यार्थीहरूको लगत संकलन गर्‍यो । इन्टरनेट र मोवाइल-ल्यापटप भएका विद्यार्थी संख्या एउटा कक्षामा ६/७ जना भन्दा बढी भएनन् ।

‘हाम्रा विद्यार्थीसँग पनि इन्टरनेट र डिभाइस भएन, हामीले किनेर दिन पनि सकेनौं’ विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद रुपाखेती भन्छन्, ‘कुनै विकल्प नभएपछि चाहेर पनि विद्यार्थीलाई पढाउन सकेनौं ।’

निरन्तरको लकडाउन र निषेधाज्ञा कारण हात बाँधेर बस्नुको विकल्प थिएन । सरकारले निषेधाज्ञा खुकुलो बनाएसँगै चन्द्रागिरि नगरपालिकाले सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन अनुमति दियो । त्यतिमात्रै होइन, नगरपालिकाले शिक्षक-विद्यार्थीमा संक्रमण देखिइहाले उपचार गर्छौं भनेर आडभरोसा समेत दियो ।

असोज १ गतेदेखि विद्यालय सञ्चालनमा आयो । प्रधानाध्यापक भन्छन्, ६ महिनापछि विद्यार्थीहरू उफ्रेको देख्दा मन पनि चंगा हुँदोरहेछ ।’

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!