सिराहा जिल्ला सिराहा –७ स्थायी घर भई हाल भीमेश्वर नगरपालीका वडा नं. २ स्थित मन्ट्वापरमा धुलिखेल अस्पतालको व्यवस्थापनमा संचालन भईरहेको दोलखा अस्पतालमा कार्यरत बुबा लक्ष्मी नारायण महतो आमा आशादेवी महतोका जेष्ठ सुपुत्र रोशन कुमार महतो हुनु हुन्छ ।
थाईल्याण्ड कोनक्यान विश्व विद्यालयबाट चिकित्साशास्त्रमा सन् २०१९ सालमा पि.एच.डि. हासिल गर्नु महतोज्यू काठमाण्डौ विश्व विद्यालय स्कुल अफ मेडिकल साईन्स (पब्लीक हेल्थ) को सह–प्राध्यापक एवं धुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालको व्यवस्थापक डा. महतोज्यु संग बाँपीझ्याला मिडियाको तर्फबाट हरि श्रेष्ठ बिच भखर्रे सञ्चालनमा आएको दोलखा अस्पतालको सञ्चालनको सन्दर्भ र बर्तमान अवस्थामा दोलखाली जनताले स्वास्थ्य क्षेत्रमा उपभोग गरेका सुविधा र भोग्नु परेका समस्या लगाएत अन्य सम–सामयिक विषयमा भएको कुराकानीको संक्षिप्त भलाकुसारी यहाँहरुको लागि प्रस्तुत गरेका छौं ।

दोलखा आउनु भएको पहिलो चोटी हो डाक्टर साहेव ? नयाँ अस्पताल नौलो वातावरण र पहिचानमा कस्तो अनुभव गर्दै अगाडी बढ्नु भएको छ ?
मेरो पहिलो दोलखाको यात्रा २०६४ सालमा जिरीमा क्याम्प गर्दा आएको थिए । यसै गरी २०६७ सालदेखि नै मेरो दोलखा आउने जाने क्रम रहि रहेको छ । दोलखा जिल्ला प्राकृतिक सौन्र्दयताले ज्यादै नै रमणीय र सुन्दर ठाउँ हो भने अर्को तिर आफ्नै मौलिक ऐतिहासिक मठ–मन्दीर, चाडपर्व, जात्रामात्रा, सम्पदाहरु र नेवारी भिन्न पहिचान भएको दोलखाको नेवाः भाषा रहेको छ । यो अर्को विशेषता रहेको पाए ।
यसरी ऐतिहासिक साँस्कृतीक शहर त्यसमाथी मनोरम सुन्दर दृश्यले शोभायमान् रहेको दोलखाको पृष्ठभुमीमा रहेको टलक्क टल्केको गौरीशंकर हिमालले अर्को अनुभव बटुल्ने मौका दिएको छ । विहानै उठ्नै वितिकै गौरीशंकर हिमालको काखबाट उदाउँदै गरेको सुर्यको पहिलो किरणले झन् मनमुग्द बनाएको छ । जन्मे देखि जहिले पनी तराईको समथर भू–भागबाट सुर्य अस्थाएको मात्र हेर्ने बानी परेको बानीलाई अव सुर्य उदाउने हेर्ने अनुभव बटुल्न पाएकोमा विहानको सुर्यको किरण सं–संगै नयाँ नौलो अनुभवहरुका साथ दिन बिताई रहेको छु ।
पेशाको कारणले यहाँ आएर आफुले सेवाग्राहीहरुको सेवा गर्ने अवसर प्राप्त गरेकोमा म आफुलाई भाग्यमानी ठान्दछु । प्रकृतीले जुन एउटा सौन्दर्यता दिईएको छ दोलखालाई त्यही अनुरुप यहाँ स्वास्थ्य क्षेत्रमा केहि कमि थियो जुन अहिले हामी आएर पुरा गरेको महशुष गरेका छौं । यसरी यस्तो ठाउँमा म आएर काम गर्न पाएकोमा ज्यादै खुसी लागेको छ ।

डाक्टरी पेशामा लागेर कस्तो अनुभव गर्नु भएको छ ?
मेरो विचारमा यो पेशा भनेको सेवामुखी पेशा भएको महशुष गरेको हो । यस पेशाले गर्दा आज नेपालका हरेक गाउँ, शहरहरुमा बसोबास गर्ने समुह समूदायका व्यक्तिहरु संग घुलमिल हुने ठुलो मौका मिलेको छ । त्यसै गरी विरामीहरुको विचमा पेशाको रुपले काम गरेपनी सेवाग्राहीको हिसावले बिभिन्न रोगबाट पिडित बिरामी व्यक्तिहरुलाई स्वस्थ्य बनाउन सहयोग गर्न पाउँदा खुसी लागेर आउँछ । यसै गरी अहिले म कार्यरत यस अस्पतालबाट बढी भन्दा बढी सेवाग्राहीहरुको लागि सुलभ सेवा दिने जमर्कोमा म लगाएत मेरो व्यवस्थापकिय टिम लागेका छौं ।
यस पेशामा लाग्नु भएको कति वर्ष भयो ?
म आज भन्दा २० बर्ष अगाडीदेखि धुलिखेल अस्पताल, धुलिखेलमा कार्यरत छु । हामीेले धुलिखेल अस्पतालको माध्यमबाट नेपाल राज्यका ९ वटा जिल्लाको १८ वटा ग्रामीण भेगका स्थानहरुमा अस्पताल संचालन गरी विरामीहरुको लागि सेवा उपलब्ध गराउँर्दै आएका छौं ।
यसरी सञ्चालनमा आएका अस्पतालहरु बैधानिक रुपमा कहिलेदेखी संचालनमा आएको छ ?
धुलिखेल अस्पतालले सन् २०१५ देखि ने.एफ.ए. नेपाल छारेरोग संघको समन्वयमा यस अस्पतालले सेवा सुविधाहरुको व्यवस्थापन कार्य गर्दै आएको छ । यसै गरी यस अस्पतालले पनी आज भन्दा एक महिना अगाडीदेखि सवै प्रकारका सेवाहरु प्रदान गर्दै आएको छ ।
यस अस्पतालमा के कस्तो किसिमका सुविधाहरु उपलब्ध हुन्छ ?
यस अस्पतालबाट लगभग एउटा सेकेण्डरी अस्पतालले दिने सबै सर–सुविधाहरु उपलब्ध गराउँदै आएका छौं । हामीले सि.टि स्क्यान, एम.आर.आई. तथा जटिल किसिमका समस्याहरु बाहेक अन्य सवै सुविधाहरु उपलब्ध गराउँदै आएका छौं । जस्तै सेवाको हिसावले कुरा गर्नु पर्दा २४ सैं घण्टा आकष्मिक सेवा दिएका छौं । यसको अलावा प्रस्तुती सेवा, अप्रेशन, विरामी भर्ना र परिवार नियोजन सम्वन्धी अस्थाई साधनहरु वितरण गर्ने कार्य गरेका छौं ।

अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड –१९ को विषम परिस्थितीमा सेवा कसरी संचालन गर्नु भएको छ ?
हामी हाम्रा सेवाग्राहीहरुको सुरक्षाको लागि विशेष रुपमा त्चष्बनभ बिधिको मद्धतबाट छुट्टयाएर सेवा दिईरहेका छौं । यदी कुनै संक्रमणको लक्षण देखिएमा जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा एऋच् परिक्षण गर्न पठाई दिन्छौं ।
अव यस अस्पताललाई जिल्लाकै नमूना अस्पताल बनाउनको लागि यहाँको के सोच्नु भएको छ ?
यसको लागि हामी तयारीमा लागिरहेका छौं । हामी आफ्नो ठाउँमा प्र्रतिवद्ध छौं । यसको लागि विशेषतः दोलखावासी दाजुभाई दिदिबहीनीहरु लगाएत दोलखा जिल्लावासीहरुको सक्रिय सहयोग र सहभागीता चाहिन्छ । यदी सवै क्षेत्रबाट सक्रिय सहयोग र सहभागीता रहयो भने गरेर नहुने भन्ने के नै छ र ?
दोलखावासीको लागि केही सन्देश छ की ?
हाल यस माहामारीको बेला सबैजना सामाजिक धुरी कायम गर्दै सुरक्षित रहन्न अनुरोध गर्दछु । साथै यसको सुरक्षाको लागि राम्रो संग हात, मुख, खुट्टा सावुन पानीले राम्रो धुने गरौं र स्यानिटाईजरको प्रयोग गरौ, घरबाट बाहिर निस्कन्दा मास्कको प्रयोग गरौं । आफ्नो स्वास्थ्यको ख्याल आफै गरौं । स्वस्थ्य बनौं, स्वस्थ्य रहौं ।
अन्तमा यस बाँपीझ्याला डटकमको बारेमा केही भन्नु हुन्छ की ?
आज भन्दा दुई दशक अगाडीदेखि दोलखा नेपाल भाषाको बोलीचालीमा निरन्तरता, यहाँको नेवाः परम्परा, संस्कृती, रहन सहनको संचालन र सम्पदाहरुको संरक्षणमा सहयोग गर्ने उद्देश्य र लक्ष्य लिई प्रकाशन गर्दै आएको बाँपीझ्याला पत्रिका आजको दिनसम्म अनलाईनसम्म आई पुगेर दोलखा अनी दोलखाजिल्लाहरुले जुन गौरव गर्ने वातावरण सिर्जना गरेको छ ।
यसको लागि यस पत्रिकामा आवद्ध सम्पूर्ण महानुभावहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दै पत्रिकाको निरन्तरताको कामना गर्दछु । साथै आउँर्दै गरेको विजया दशमी, दिपावली, नेपाल सम्व्त ११४१ र छठ पर्वको अवसरमा सम्पूर्णमा म, मेरो सहकर्मी मित्रहरु र अस्पताल परिवारको तर्फबाट अग्रीम बधाई तथा हार्दिक शुभकामना व्यक्त गर्दछु ।