Search

बलिउडमा लागुऔषध मुद्दा : एनसीबीद्वारा दीपिका, सारा र रकुलप्रितको मोबाइल नियन्‍त्रण

बलिउडमा लागुऔषध मुद्दा : एनसीबीद्वारा दीपिका, सारा र रकुलप्रितको मोबाइल नियन्‍त्रण

बाँपीझ्याला, एजेन्सी । बलिउड लागुऔषध मुद्दाको जाँच गरिरहेको एनसीबीले बलिउड अभिनेत्री दीपिका पदुकोण, सारा अली खान र श्रद्धा कपुरसँग लामो समयसम्म सोधपुछ गरेको छ ।

सोधपुछपश्चात शनिबार एनसीबीले तीनैजना अभिनेत्रीको मोबाइल फोन नियन्‍त्रणमा लिएको छ । उनीहरुका साथै एनसीबीले फेसन डिजाइनर सिमाने खंबाटा र दीपिकाकी म्यानेजर करिश्मा प्रकाशको पनि फोन कब्जामा लिएको छ ।

एनसीबीले कब्जामा लिएको सबै फोनका डाटा रिकभर गरिनेछ ।

दीपिका, सारा र श्रद्धासँगको लामो सोधपुछ
एनसीबीले दीपिकासँग साढे ५ घण्टा सोधपुछ गरेको थियो । सोधपुछमा दीपिकाले २०१७ को अक्टोबरमा आफ्नी म्यानेजर करिश्मा प्रकाशसँग च्याट गरेको स्विकारेकी छिन्, यद्यपि उनले लागुऔषध सेवन, खरिद-बिक्रीमा भने संलग्‍न नभएको बताएकी छिन् । भने चुरोट भने सेवन गर्ने गरेको स्विकारिन् ।

यस्तै एनसीबीले सारा अली खानसँग चार घण्टा सोधपुछ गरेको थियो । साराले लागुऔषध कहिल्यै नलिएको तर चुरोट भने तान्‍ने गरेको स्‍विकारेकी छिन् । अभिनेत्री श्रद्धा कपुरले पनि लागुऔषध प्रयोग गर्ने कुरालाई नकारेकी छिन् । -नव भारत टाइम्स

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment