अजय प्रधान,
बाँपीझ्याला, दोलखा । आफ्नो मूर्तिमा पसिना उत्पन्न गरेर देशमा प्राकृतिक हलचल, अनिष्ट र राजनीतिक परिवर्तनको पूर्वसूचना दिने सहस्र अवतारको देवताका रूपमा परिचित प्रसिद्ध दोलखा भीमेश्वर मन्दिर भक्तजनको लागि तुरुन्त नखुल्ने भएको छ ।
श्री भीमेश्वर गुठी तथा पुजा व्यवस्थापन समितीको आयोजनामा जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी श्री रमेश प्रसाद शिवाकोटी, जिल्लाका सुरक्षा निकायका प्रमुख, भीमेश्वर नगरपालीका वडा नंं २ का वडाध्यक्ष विराजमान श्रेष्ठ लगाएत स्थानिय समाजसेवीहरुको उपस्थितीमा सम्पन्न आजको बैठकले दशै सम्म पनि कोरोना भाईरस कोभिड १९ नियन्त्रण हुने अवस्था नभएमा सरकारी पुजालाई सुरक्षा अपनाएर बलि पुजा लगाएत सम्पुर्ण पुजा गरिने र सर्वसाधारण भक्तजनहरुको लागि भने बन्द गर्ने श्री भीमेश्वर गुठी तथा पुजा व्यवस्थापन समितीका उपाध्यक्ष शैलेन्द जोशीले जानकारी दिनु भयो ।
जोशीका अनुसार देशमा कोभडि १९ फैलिने क्रममा कम हुदै गएमा तुरुन्त समितीको बैठक बसि भक्तजनको लागि खुल्ने नखुल्ने आवश्यक निर्णय गर्ने सकिने बताउनु भयो । तर नेपालीहरुको महान चाड वडा दशै २०७७ कार्तिक १ गते देखि सुरु हुदैछ ।
भक्तजनहरुले वर्षभरि विभिन्न मनोआकांक्षा लिएर दोलखा भीमेश्वरलाई गरेको भाकलहरु पुरा गर्न दशैमा जिल्लाका विभिन्न क्षेत्रबाट दर्शन गर्न आउछन् भने नवमीको दिन दोलखाका स्थानिय नेवारहरुको टोल टोलबाट एकाकुलघर मिली सामुहिक पशुपन्छी बलि पुजा गर्न आउछन् यसको लागि श्री भीमेश्वर गुठी तथा पुजा व्यवस्थापन समितीले विशेष ध्यान दिई आवश्यक पहल गर्न पर्ने स्थानिय वासिन्दाहरुको भनाई रहेको छ ।