बाँपीझ्याला, काठमाण्डौं । लकडाउनको अवधीमा केही रेस्टुरेन्ट÷क्याफेले आफ्नो व्यापार, व्यवसायलाई केहि परिवर्तन गर्दै घर घरमा होम सर्भिस डेलिभरी सुविधा दिएका छन् । निकै लामो समयको अवरोधपछि अहिले अधिकांश होटल तथा रेस्टुरेन्ट सञ्चालनमा आइसकेका छन् । यसरी संचालनमा आएपनी मानिसहरु झमघट, भेटघाट र भेला हुन हिच्कीचाउने भएकोले अहिले भर्चुअल मिटिङ, अन्र्तक्रिया घरमै बसेर गरेको पाईन्छ ।
कोरोना –१९ को महामारीको, कारणले सरकारले लकडाउन र समय समयमा निषेधाज्ञा गरेकाा कारण हरेक व्यवसायका प्रकृती (मोडालिटी) परिवर्तन गरिएको छ । अहिले मान्छे सुरक्षा हिसाबले बाहिरभन्दा घरमै खाना रूचाउँछन् । यस्तोमा ग्राहकलाई बाहिरी खानाप्रति आकर्षण जगाउन रेस्टुरेन्ट सञ्चालकहरूले विभिन्न ’अफर’ समेत ल्याएका छन् । चेन रेष्टुरेन्ट ’बोता मःम’ का सञ्चालक निभेन अमात्य पहिलेको तुलनामा मान्छे धेरै नै सतर्क भएको बताउँछन् ।
यसले ग्राहक संख्या एकदमै कम भएको छ । हाम्रो कुनै पनि शाखामा पहिलेको तुलनामा २०–२५ प्रतिशत ग्राहक पनि आएका छैनन्, निभेन अगाडी भन्छन्, तर टेक (अवे र डेलिभरीमा भने आकर्षित देखिएको छ । सरकारले टेक (अवे र डेलिभरी सेवाका लागि अनुमति दिएदेखि नै हामीले यो सेवा पु¥याउँदै आएका छौं ।
बोता काठमाडौंमा मात्र १२ आउटलेट छन् । यी मध्ये ११ वटा आउटलेट सञ्चालनमा आइसके भने पुल्चोक शाखा आन्तरिक कारणले गर्दा खुल्न सकेको छैन । शाखा सबै खुले पनि अहिले बोतामा १० प्रतिशत कर्मचारी पनि नभएको निभेन बताउँछन् । उनका अनुसार ६ महिना पहिले प्रत्येक आउटलेटमा कम्तिमा १५ देखि २० जना कर्मचारी हुन्थे ।
अहिले मुश्किलले ४–५ जना कर्मचारी छन् । वहाँले अगाडी भन्नु भयो हाम्रो सवै कर्मचाहरुको पिसिआर परीक्षण गरिएको छ । तर उनीहरूबीच पहिलेजस्तो सिफ्ट रोटेसन भइरहेको छैन,’ निभेनको भनाई रहेको छ । यसरी रेष्टुरेण्ट, क्याफेमा आएर खाने भन्दा अहिले घरमा नै मगाएर खाने ग्राहकहरुको संख्या बढीरहेकोले पर्याप्त मात्रामा सेवा दिन गाहे भएपनी डिमाण्ड आएको ठाउँमा समयको मापन गरी पु¥याई दिएको वहाँको भनाई रहेको छ ।