Search

आजबाट जनरल इन्स्योरेन्सको आईपिओ बिक्रि खुला, सर्वसाधारणका लागि २७ लाख ३० हजार कित्ता

आजबाट जनरल इन्स्योरेन्सको आईपिओ बिक्रि खुला, सर्वसाधारणका लागि २७ लाख ३० हजार कित्ता

बाँपीझ्याला, काठमाडौं । आजबाट जनरल इन्स्योरेन्सले आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले कर्मचारी, सामुहिक लगानी कोष, र सर्वसाधारणका लागी एक सय अंकित दरको ३० लाख कित्ता साधारण शेयर निष्काशन गरेको जानकारी प्राप्त भएको छ ।

उक्त शेयरमा आज असोज ११ गतेदेखि छिटोमा असोज १४ गतेसम्म र सो अवधिसम्म पुरै आवेदन नपरेमा ढिलोमा असोज २५ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले जारी गर्नलागेको ३० लाख कित्ता मध्ये १ लाख २० हजार कित्ता शेयर कर्मचारीको लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लगी छुट्याईएको छ भने बाँकि रहेको २७ लाख ३० हजार कित्ता शेयरमा सर्वसाधारणका लागि छुट्याईएको छ ।

कम्पनीको आईपीओमा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन सकिनेछ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment