बाँपीझ्याला, दोलखा । चालु आर्थिक वर्ष २०७७÷०७८ मा दोलखा र रामेछाप जिल्लामा किवी र आलु भण्डारणका लागि १० वटा रष्टिक हाउस निर्माण गरिने भएको छ । दोलखा जिल्लाको ६ गाउँपालिका र रामेछाप जिल्लाको ४ गाउँपालिकामा रष्टिक हाउस निर्माणका लागि वाग्मती प्रदेश कृषि ज्ञान केन्द्र रामेछापले प्रस्ताव आव्हान गरेको छ ।
दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नं.–९, जिरी नगरपालिका, कालिञ्चोक गाउँपालिका, गौरीशंकर गाउँपालिका, मेलुङ गाउँपालिका वडा नं. –३, विगु गाउँपालिका र रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं. –३, दोरोम्वा गाउँपालिका, सुनापति गाउँपालिका र उमाकुण्ड गाउँपालिकामा रष्टिक हाउस निर्माण गर्न लागिएको हो ।
जसका लागि आगामी कात्तिक ५ गतेसम्म प्रस्ताव पेश गर्न कृषक समुह, कृषि सहकारी, कृषि फर्म र कृषि कम्पनीलाई आव्हान गरिएको कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ । रष्टिक हाउस निर्माणका लागि कुल लागतको ५० प्रतिशत लागत अनुदान प्रदेश सरकारले व्यहोर्नेछ ।
रष्टिक हाउसका लागि आलु÷किवी रष्टिक हाउस निर्माण कार्यक्रम संचालन कार्यविधिमा अधिकतम २० सम्म अनुदान दिन सकिने उल्लेख छ । आलु र किवीको व्यवस्थित भण्डारण गुणस्तरिय विउ समयमै आवश्यक परिमाणमा उपलब्ध गराउन रष्टिक हाउस निर्माण गर्न लागिएको जानकारी प्राप्त भएको छ । साझाबोली