Search

एक शिला तिन अवतार दोलखा भीमेश्वर

एक शिला तिन अवतार दोलखा भीमेश्वर

गौरीशंकर हिमालको काखमा अवस्थित दोलखा जिल्लाको दोलखा शहरको आफ्नै ऐतिहासिक एवं मौलिक विशेषता रहेको छ । किराँतकाल, लिच्छवीकालदेखिको ऐतिहासिक पृष्ठभूमि बोकेर मल्लकालीन मठ–मन्दिर, देवदेवालय, मूर्तिकला, धार्मिकस्थल, ऐतिहासिक दरबार एवं चैन्यहरु रहेको यस दोलखा शहर हाल आएर दोलखा नगरको नामले प्रख्यात रहेको छ । विशेष गरी नेवार समुदायको बसोबास रहको यस दोलखा नगरमा आफ्नै किसिमका रहनसहन, परम्परागत चाडपर्व, रीतिरिवाज मनाउनुका साथै आफ्नै मौलिक नेवारी मातृभाषा प्रचलनमा रहेको छ । मल्लकालमा डेढ दशक स्वतन्त्र राज्यको रुपमा रहेर यसले गरेको संस्कृतिको विकासले गर्दा आजसम्म नेपालको इतिहासमा जवसम्म दोलखाको इतिहास पूरा हुँदैन तवसम्म नेपालको इतिहास अधुरो हुन्छ भन्ने प्रशिद्धता पाइएको
छ ।

द्वापर युगमा महाभारतकालीन पाण्डुपुत्र पाण्डवमध्ये एक भए पनि भीमसेन वीर तथा वायुपुत्र हुनाले शिवका अंश समेत रहेको देवताका रुपमा पुज्य छन् । भीमसेन जात्राको परम्परा विभिन्न ठाउं विशेष विभिन्न रुपमा चलाउ“दै र मनाउ“दै आएको भएतापनि दोलखा भीमेश्वरको आफ्नै छुट्टै खालको मौलिकता र बिशेषता रहि–आएको पाइन्छ ।

त्यसताका रुप–सौन्दर्यले युक्त विराटको दरबारमा राज्यको प्रमुख सेनापति किच्चक थियो । एक पटक राजा विराटको साला माथि कामुक दृष्टि प¥यौ त्यसलाई भीमसेनले सहने कुरै थिएन । फलस्वरुप भीमसेनको हातबाट किच्चक मारियो, साथै किच्चक बधका क्रममा उनलाई लखेट्दै भीमसेन दोलखा पुगे, जहा“ त्यसबेला घनघोर जंगल थियो । किच्चकलाई मार्नलाई मात्र होइन कौरब पक्षको संहार गर्न भीमसेनले महादेव र भगवतीको आराधना गरे भीमसेनको आराधनाबाट महादेवको रुद्र रुप र भगवतीको अंश पनि उनमा बिलय भयो । कालान्तरमा पराक्रमी भीमसेनको शिला उत्पति भयो र यसै शिलालाई भीमेश्वरको रुपमा लिई पूजा–आजा गर्ने चलन रहेको छ भन्ने यहाँको स्थानीय बासिन्दाहरुको भनाइ रहेको छ । भीमसेनले महादेव र भगवतीको आराधना गर्ने बेलामा आफ्ना अनुचरहरुसित बोल्न बेग्लै भाषाको प्रयोग गरेका थिए । यसरी भीमसेनले जुनबेला अनुचरहरु सित बोल्ने बेग्लै भाषा हाल दोलखाली नेवार समूदायले आफ्नो मातृभाषाको रुपमा बोल्दै आएको छन् । यो नेपाल भाषा उपत्यकाका तीन शहरहरुमा बोलिने नेपाल भाषा भन्दा भिन्न एवं पुरानो भाषा रहेको मान्यता रहेको छ जुन तथ्यलाई ईतिहास तथा संस्कृतविद् शताब्दी पुरुष डा.सत्यमोहन मोहन जोशीज्युले आफ्नो अभिव्यक्ति दिई पुष्टी गरी सक्नु भएको छ ।

भीमेश्वर तीन अवतार :

दोलखा जिल्लामा मात्र नभएर नेपाल राज्य लगायत छिमेकी विदेशी मुलुकहरुमा समेत दोलखा भीमेश्वरले प्रशिद्धिता पाइसकेको छ । भीमेश्वरलाई एक शिला तीन अवतार मानि पुजा गरिन्छ । यसरी एक शिलालाई तीन अवतार मानी पुजा–आजा गर्दा पूजाको स्वरुप फरक फरक हुन्छ ।

भीमेश्वरलाई रुद्री पूजा गर्दा महादेवको रुप मानिन्छ, बलि चढाउँदा दुर्गा, भगवतीको रुपमा लिइन्छ भने अरु बेला भीमेश्वर (भीमसेन) को रुपमा पुजिने चलन रहेको छ । यसरी भीमेश्वरलाई हरेक दिन बिहानको ४ बजे नित्य पहिलो पूजा गर्ने चलन रहेको छ । यही समयदेखि मन्दिरको मुलढोका खोलिन्छ । पूजा गर्दा भीमेश्वरलाई ढिकीले कुटेको चामल चढाईदैन, ओखलमा कुटेको चामल मात्र चढाउने प्रचलन रहेको छ । बिहानको नित्य पहिलो पूजा सिद्धिएपछि बिहानको १० बजेसम्म बलीपूजा दिने चलन छ र यस बेला भीमेश्वरको शिलामा दुुर्गा भगवतीको ईश्वरत्व रहेको हुन्छ भन्ने मान्यता रहेको छ । यसपछि अर्थात बलीपूजा सिद्धिएपछि दिउँसो मध्यान्ह पूजा नहुन्जेलसम्म रुद्री पुजा गर्ने चलन रहेको छ । यस बेला भीमेश्वरको शिलामा महादेवको इस्वरत्व रहेको हुन्छ भन्ने मान्यता रहेको छ । दिउंसो २ बजे देखि २ ः ३० बजेभित्र मध्यान्ह–पूजा गरिन्छ । यी दुई समयमा बाहेक अन्य समयमा भीमेश्वरको इश्वरत्व शिलामा रहेको हुन्छ भन्ने जनविश्वास रहेको छ ।

राज–पूजा (राजकीय पूजा)

दोलखाधिपति श्री भीमेश्वरको मन्दिरमा दैनिक विहानदेखि साँझसम्म ४ पटक पूजा गरिने चलन रहि आएको छ । प्राचीनकालमा देवताहरुले समयकाल अनुसार विभिन्न रुप धारण गर्ने र सोही अनुसार पुज्ने चलन चलि–आएको पनि छ । यस भीमेश्वर मन्दिरमा अरु पूजाको अलावा दिनको ३ बजे विशेष पूजा राज (राजकिय) पूजा गरिन्छ । अरु–अरु पूजाभन्दा यस किसिमको राजपूजाको छुट्टै महत्व र विधि रहेको छ । राजाको रुपमा राज्यबाट भीमेश्वरको पूजा गरिने भएकोले यस पूजालाई राजकीय पूजा भनिएको हो भन्ने स्थानीय बासिन्दा एवं पूजा गर्ने गुठियारहरुको भनाई रहेको छ । राजपूजा जुनसुकै परिस्थितिमा पनि गर्नै पर्छ । यसरी राजपूजा गर्दा मन्दिर वरिपरिका घण्टाहरु, नगरा बजाउने चलन रहेको छ । गाईंको शुद्ध दूध, दहीले भीमेश्वरको शिलामा नुहाई दिएपछि मह, चिनी र घ्यू शिलामा दलिन्छ । भीमेश्वरको शिलाको चोइटिएको दाहिने भागमा भीमसेनपातीको फूल राख्नु पर्ने प्रचलन रहेको छ । यसरी सिगारिने क्रममा नागपास सहितको मुकुट, हद्यफूल, सेतो फटिक, पद्यासन, सुनको त्रिनेत्री चश्मा मुण्डमाला, पुरानो असर्फी, तोरण आदि लगाउने चलन छ । यस किसिमको राजपूजाको लागि गुठियारको ब्यवस्था गरिएको छ र छुट्याइएका ४ गुठियारहरुको सन्तानले आफ्नो पालो अनुसार व्रत लिई पूजा–आजा गर्ने गरिन्छ भने गुठियार भन्दा बाहिरकाहरुले यो पूजा गर्न पाउँदैनन् । बि.सं. १८५० को श्री ५ रणबहादुर शाहको ताम्रपत्रमा उल्लेख भएअनुसार ४ गुठीयारहरुका सन्तानले मात्र यो पूजा गर्ने भन्ने उल्लेख भएअनुसार हालसम्म पनि यही मान्यता चलिआएको छ । यसरी राजपूजा गरि सके पछि भीमनारायणको रुपमा अवतार परिवर्तन हुने जनविश्वास रहेको छ । राजपूजा पछि मन्दिरका सबै ढोकाहरु बन्द गरिन्छ । ति ढोका सन्ध्या–पूजाको लागि मात्र ढोका खोलिन्छन् र आरती दिई गहना फुकालेपछि त्यस दिनको पूजा सकिन्छ तर कालरात्रि, शिवरात्रि र मोहरात्रिका दिन रात भरि नै राजपूजा गरेकै स्वरुप राखिन्छ ।

भीमसेन (भीमेश्वर) को आस्था र जनविश्वास :

वि.सं. २००७ सालमा मुक्तिसेना र तत्कालीन राणाशाही सरकारी सेनाबीच मुठभेठ हुँदा मेरा भक्तजनलाई कुनै हानी नोक्सान नहुने गरी दोलखा भित्र लडाइ नलड्नू भनी भीमेश्वरले सेना प्रमुखलाई सपना देखाई चेतावनी दिएपछि दोलखाबस्ती भन्दा माथि उत्तर तिर सिमपानी भन्ने ठाउँमा गई परस्पर युद्व गरेको भन्ने भनाइ छ ।

वि.सं. २०१४ साल तिर भीमेश्वरको स्वर्णजडित सुनको छाता चोरी दोलखा पूर्वतिर रहेको रानीवनमा (काडल वन) लगी आगोमा पोली सुनको डल्लो बनाई चरिकोटको एकजना ब्यापारी अर्थात सुनको काम गर्ने सुनारलाई मेरो घरको पैतृक सम्पति भनी बेचिदिएछ । त्यसै बेला भीमेश्वरको पाटीमा भर्खर आएका जोगीलाई चोर दोष लगाई केरकार गरिएछ । तर भोलिपल्ट विहान चरिकोटको सुनारले अन्जानमा आफूले सो सुनको डल्लो किनेको, रातभर सपनामा मेरो भक्तले यातना पाइरहेछ “तंैले सुन किन्ने” भन्दै गदा बोकी लखेटेको प्रसंग सुनायो ।
ड्ड माघ शुक्ल पूर्णिमाका दिन त्यसताका दोलखा जिल्ला सुनखानी गा.वि.स. स्थित एकजना शिवाकोटी थरका ब्यापारीले भीमेश्वरलाई आफ्नो बगैंचामा भएको सुन्तलै सुन्तलाले पुर्न सक्छु भनेर डोकाका डोका सुन्तला खन्याउदा पनि एकडोको सुन्तला मात्र खन्याएको जस्तो भई भीमेश्वरको मूर्ति जस्ताको त्यस्तै देखे पछि सो सुन्तला उत्पादन हुने खेत नै भीमेश्वरको नाउंमा चढाई क्षमा प्रायश्चित गरेको भन्ने मान्यता रहेको छ । सो बारीबाट हालसम्म पनि सुन्तला ल्याई चढाउने चलन रहेको छ ।

एकपटक धान, मकै, गँहु, जौ, तील, अक्षता, चामल, चिउरा, घिउ, दही, दूध र मह आदि प्रत्येक एक एक मुरीका दरले एकै समयमा भीमेश्वरको शिरमा चढाउने गर्दा भीमेश्वरको शिला (मूर्ति) जस्ताको तस्तै देखिएकोले अहंकारले पहिचान गरेको संझी प्रत्येक वस्तु एक एक पाथीका दरले मात्र चढाउने चलन गरी मांस गुठी राखिएको भनाइ रहेको छ । ड्ड भीमेश्वरको मूर्ति अगाडिको मण्डलाकारमा मध्यरातमा उघ्रेर पातालबाट अग्निज्वाला निस्कने, बाघ आई मन्दिरको द्वारमा पञ्जा घोटी आहार खान अनुमती माग्ने आदि लोककिम्वदन्ती रहेका छन् ।

भक्तजनहरु आज पनि भीमेश्वरको कृपाबाट आफ्नो मनोकांक्षा पूरा भएको अनेक आफ्ना विश्वासहरु सुनाउँछन् ।
भीमेश्वरको दर्शनबाट सन्तानको प्राप्ति, पराक्रम बृद्धि, संकट मोचन, ब्यापारबृद्धि उन्नति प्रगति हुने जन विश्वास रहेको छ ।
कृषकहरुले आफ्नो खेतवारीमा बाली लगाउनु भन्दा पहिले भीमेश्वरमा लगि चढाई आफ्नो खेतवारीमा लगी रोप्दा बाली बृद्धि हुने कुरामा बिश्वास राख्दछन् ।

उपत्यकाबाट दर्शन गर्न आउने ब्यापारीहरुले भीमेश्वरमा थुप्रै धूप चढाउछन् र सो चढाएको धूप लगेर आ–आफ्नो पसलमा दिन दिनै भीमेश्वरलाई संझि धुप दिंदा उनिहरुको ब्यापार बढेको अनुभव गर्दछन् । स्थानीय वयोबृद्ध दोलखावासी एवं गुठियारहरुको भनाइ अनुसार भीमेश्वरको निर्मल ल्याई बिग्रेको बालीनालीमा छ¥यो भने राम्रो हुन्छ भन्ने मान्यता रहेको छ ।

दोलखा भीमेश्वरमा विशेष गरी शनिबार र मंगलबार दर्शन ग¥यौ भने आफ्नो मनको आकांक्षा छिटो पुरा हुने कुरामा यहाँका स्थानिय वासिन्दाहरुको विश्वास रहेको छ ।

अनेक आस्था र लोक विश्वास रहेको छ दोलखा भीमेश्वर एक शिला तीन अवतारको दर्शन तपाईले गर्नु भएको छैन भने एक पटक ४–५ घण्टाको धुरीमा रहेको दोलखा भीमेश्वर दर्शन गर्न सम्पूर्ण भक्तजनहरुमा आग्रह गरिन्छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!