Search

लकडाउनको निसानामा ब्यूटिपार्लर अग्रविन्दुमा

लकडाउनको निसानामा ब्यूटिपार्लर अग्रविन्दुमा

अजय प्रधान
भक्तपुरकी निलिमा श्रेष्ठ ब्युटिसियन हुन् । उनको सुर्यविनायकमा एक ब्युटिपार्लर खोलेको लगभग २ वर्ष पुग्न लाग्यो । ब्युटिपार्लर खोल्न पुर्व उनका परिवारले व्यवसाय नगर घरमा नै बस्न सल्लाह नदिएको होईनन्, तैपनि सिप भएको बुहारी घरमा त्यसै बस्नु हुदैन भनेर पैसा कमाउन मात्र नभएर आफ्नो सिप विकास र समयको सदुपयोग होस भनेर घर बस्ने मोह त्यागेर एक सटर लिएर लगानी गरेर ब्यटिपार्लर सन्चालन गरिन् ।


ब्युटिसियन बन्नु उनको सानै देखिको ईच्छा भने हैन घरमा त्यतिकै बस्न अल्छी लागेर कोटेश्वरको एक पार्लरमा तालिम केन्द्रमा करिब २ वर्ष सिकिन र थप भक्तपुरको कमलविनायकमा ६ महिना सिके पछि सुर्यविनायमा जेवि ब्युटिपार्लर नामको पार्लर खोलिन ।


खोल्ने वितिकै उसको व्यवसाय राम्रै सन्चालन भयो । उनको मुख्य ग्राहक भनेको आफ्नै परिवारका विभिन्न सदस्यहरु समय लिएर टाढा टाढा देखि आउने गर्थे र उनको सिप र सेवा देखेर सेवाग्राहीह दङ्ग पर्थे । पार्लरमा विहे, व्रतवन्ध, गुफा चाड पर्वमा घुईचो लाग्थ्यो मेकअप गर्नेहरु एक्लैलाई भ्याई नभ्याई हुन्थ्यो । कोही कोही त बेसिक तालिम पनि लिन आउथ्यो र व्यवसाय दिन प्रतिदिन फस्टाउदै गईरहेको थियो ।


तर यसरी चलि राखेको व्यवसायलाई कोरानाले छेक्ला भन्ने कसलाई के थाहा ? नेपालमा कोरोना भाईरस माहामारीको कारण सरकारले लकडाउन घोषणा गर्ने वितिकै अति संवेदनसिल व्यवसाय भनेको ब्युटिपार्लर व्यवसाय भयो । यो व्यवसाय सेवाग्राहीहरु संग टच भएर गर्ने पर्ने व्यवसाय भएको हुदा सरकारले पटक पटक खोलेको लकडाउन हुदा पनि यो व्यवसायलाई भने बन्द नै राख्न आग्रह गरिराख्यो । अहिले ६ महिना भयो पसल बन्द भएको बन्दको कारण पसलमा भएको कस्मेटीक सामानहरु मिति नाघेर, सामानहरु डुसि परेर खत्तम भएको छ । हाल सम्म पनि भाईरस फैलिन रोकेको छैन कहिले देखि सुरु गर्ने अत्तोपतो छैन ।


निलिमाको समस्या जस्तो देशभरि हजारौ स्वरोजगार व्यटिसियनहरुको कथा व्यथा उस्तै छ अझ बढि नै होला । सबै जना निलिमाले झै रहर र समय वेथित गर्न मात्र पेशा रोजेको नहुन पनी सक्छ । यही पेशा गरेर घरपरिवार चलाउनुपर्ने उनीहरुले लामो समय देखि घरभाडा तिर्न बाकी रहेको, बैकको किस्ताबन्दी र ब्याज बुझाउन नसकेको र सरकारलाई तिर्नुपर्ने कर चुक्ता गर्न नसकेको भन्दै विभिन्न सन्चारको माध्यममा सुन्न आएको छ । सरकारले बन्द मात्र हैन यसको विकल्प समेत दिन सक्नुपर्छ नत्र व्यवसायीहरु विस्थापित भई थप बेरोजगारी बढ्ने कुरा निश्चित छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!