Search

अभिभावक बिहिन बालबालिकालाई द वल्ड नेपालले अनलाइन मार्फत सहयोग

अभिभावक बिहिन बालबालिकालाई द वल्ड नेपालले अनलाइन मार्फत सहयोग

अजय प्रधान
बाँपीझ्याला, दोलखा ।
दोलखाको कालिञ्चोक गाउँपालिकाका आमाबुबा दुबै जना गुमाएका अभिभावक बिहिन बालबालिकालाइ द वल्र्ड नेपाल अनलाइन मार्फत संकलन गरेको रकम सहयोग गरेको छ । दोलखा घर भइ हाल अमेरिका निवासी डोल्मा लामाको नेतृत्वमा संकलन गरिएको ३० हजार रकम उनिहरुलाइ प्रदान गरेको हो ।

दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं. १ निवासी ती बालबालिकाको आमा बुवा दुबै जनाको निधन भए पछि अभिभावक बिहिन बनेको थियो । थामी समुदायका आर्थिक अबस्था कम्जोर रहेका ती बालबालिका हरुको विभिन्न संचार माध्यममा समाचार प्रशारण भए पछि विभिन्न क्षेत्र बाट सहयोग जुटेको छ ।

अभिभावक बिहिन ती बालबालिकाको आर्थिक अबस्था कमजोर रहेको कारण केही सहयोग मिलोस् भन्ने उदेश्यले सहयोग गरेको अमेरीका निवासी डोल्मा लामाले बताउनु भयो ।
ती बालबालिकाको हाल हेरचाह पठनपाठनको लागि विभिन्न ब्याक्ती तथा संघ संस्थाको पहलमा एस ओ एस बालग्रामले जिम्मा लिएको जानकारी प्राप्त भएको छ । दपर्ण समचार

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment