Search

कालिञ्चोक मन्दिरबाट बगेको भद्रावती खोलालाई तिर्थस्थलको रुपमा विकास गर्ने

कालिञ्चोक मन्दिरबाट बगेको भद्रावती खोलालाई तिर्थस्थलको रुपमा विकास गर्ने

बाँपीझ्याला, दोलखा । दोलखा जिल्लाको प्रसिद्ध धार्मीक स्थल मध्येको एक कालिञ्चोक भगवती मन्दिरबाट बगेर आएको भद्रावती खोलालाई पवित्र तिर्थस्थलको रुपमा विकास गरिने भएको छ । धार्मिक एवं सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले कालिञ्चोक गाउँपालिकाले भद्रावती खोलामा कुण्ड लगायतका संरचना निर्माण गरी तिर्थस्थलको रुपमा विकास गर्ने योजना अघि सारेको जानकारी प्राप्त हुन आएको छ ।


कालिञ्चोक भगवती मन्दिरदेखि बगेर आएको वडा नम्बर ६, गोदुङ स्थित भद्रावती खोलामा कुण्ड, श्राद्ध आयोजना प्रतिवेदन (डिपिआर) को काम सम्पन्न गरिसकेको छ । स्थल, दाहसंस्कार स्थल निर्माणको योजना बनाईएको छ ।


कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विन कुमार थामीले भद्रावती कुण्डको डिपिआरको काम सम्पन्न भैसकेको र चालु आर्थिक वर्षबाट निर्माण कार्य थालनी गर्ने योजना रहेको जानकारी दिए । उनका अनुसार पहिलो चरणमा दाहसंस्कार स्थल र त्यसपछि श्राद्ध स्थल र भद्रावती कुण्ड निर्माण गरिने भएको छ ।


थप पर्यटकहरुलाई आकर्षित गर्न कुण्ड आसपासको क्षेत्रमा पिक्निक स्पोट, जल ध्यानकेन्द्र, मृगस्थली जस्ता संरचनाहरु निर्माण गर्ने र नजिकैको बस्तिमा होम स्टे संचालन गर्ने परिकल्पना गरिएको छ । “भद्रावती क्षेत्रलाई महत्वपुर्ण पर्यापर्यटनको गन्तव्यको रुपमा विकास गर्न एकिकृत योजना अघि सारिएको छ, अध्यक्ष थामीले भने यसैवर्षबाट यो कामको थालनी हुँदैछ, यसबाट स्थानीय स्तरमा ठुलो रोजगारीको सिर्जना पनि हुनेछ ।” कुण्ड असार महिनामा खुल्ला गरिने छ भने मंसिर १ गते ड्याम बन्द गरिने छ । मंसिर महिनामा ड्याम बन्द गरेर १० हजार माछाको भुरा हाल्ने र जेष्ठ महिनामा बिक्रिवितरण गर्ने योजना पनि छ । भद्रावती खोला कालिञ्चोक मन्दिरको फेदबाट बगेर भद्रावती खोला हुँदै तामाकोशी नदीमा मिसिन्छ । साझावोली

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!