Search

दोलखा त्रिपुरासुन्दरीमा चोरी

दोलखा त्रिपुरासुन्दरीमा चोरी


हरि श्रेष्ठ, दोलखा
९, असोज, २०७७, बाँपीझ्याला, दोलखा । भीमेश्वर नगरपालीका वडा न.ं २ दोलखा स्थित त्रिपुरासुन्दरी मन्दिरमा चोरी भएको समाचार प्राप्त भएको छ । आज विहान पुजारी नित्य पूजाको लागि मन्दिर जादा ढोकाहरु सवै फोरिएको र मन्दिर भित्र रहेको गरगहणाहरु र पैसा राखेको बाकस बाहिर ल्याएर फुटाएको अवस्था रहेको पाइएको छ ।

के कति चोरी भई क्षती भएको छ भन्ने विस्तृत विवरणको लागि मुचुल्का उठाउनको लागि सुरक्षा निकायलाई खवर गरिएको वडाध्यक्ष विराजमान श्रेष्ठज्युले जानकारी दिनु भयो । स्मरण छ २०४१ सालको दशैको कोगाग्रत पुर्णीमाको रातमा बटुक भैरवको मुर्ति चोरी भएको थियो । यस पछि यस मन्दिरमा पटक पटक चोरी भएको भनाई वडाध्यक्ष श्रेष्ठको रहेकेो छ ।


अन्दाजी करिव मध्यरात २ः३० को समय तिर चोरि भएको अनुमान गरिएको छ । चोरी गर्नेले पहिलो अस्थाई टहरा भित्र रहेको चन्दा बाकस मन्दिर भित्रै भएको हतियार चिम्टा, खुकुरी, बन्चरोको प्रयोग गरी फुटाउन खोजेको र नसकेपछी उक्त चन्दा बाकस ढोकाबाट बाहिर ल्याई राखेको अवस्था भेटाईएको छ ।

उक्त टहरा भित्र १ थान मझेत्रो र १ जोर मोजा समेत छोडिएको अवस्थामा भेटाईएको छ । सायद टहरामा केही नभेटे पछी उक्त टहरालाई छोडेर मन्दिरबाट अन्दाजी भक्तजनहरुबाट दान चन्दा बाट प्राप्त २० हजार जती रकम चोरी भएको अनुमान गरिएको छ । यही रातमै माथिल्लो टोलको केही पसलहरु पनी फोडी नगद झिकेर लगेको स्थानिय पिडित साहुहरुको भनाई रहेको छ ।

उक्त छानविको लागि जिल्ला प्रहरी कार्यालय चरिकोटबाट प्रहरी निरीक्षकज्यूको नेतृत्वमा आएको टोलीले निज चोरहरुले प्रयोग भएका हतियारहरु सहित मुचुल्का उठाई जिल्ला प्रहरी कार्यालय चरिकोटमा लगिएको छ । यस सम्वन्धमा पुजारी मोहन कृष्ण श्रेष्ठज्यु संग सोधपुछ गर्दा पैसा हराएको तर जिन्सी केही नहराएको जानकारी दिनु भयो ।

त्रिपुरासुन्दरी मन्दिर
मन्दिर भित्रको तोडफोड, फोटो : हरि श्रेष्ठ

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment