Search

दोलखा भीमेश्वर मन्दिर खुल्ने ठेगान नभए पछि मन्दिर आसपासका व्यवसायीहरु विस्थापन हुने अवस्थामा

दोलखा भीमेश्वर मन्दिर खुल्ने ठेगान नभए पछि मन्दिर आसपासका व्यवसायीहरु विस्थापन हुने अवस्थामा

अजय प्रधान
बाँपीझ्याला, दोलखा । कोभिड १९ को कारण विश्व आक्रान्त भएको बेला मानिसहरुको जमघट हुने स्थल मध्य धार्मिक स्थलहरु पुर्ण रुपमा बन्द भईरहेको छ । केहि दिन अघि विभिन्न सुरक्षा अपनाएर व्यवसाय, सरकारी गैरसरकारी कार्यालय र लामो समय देखि बन्द रहेको लामो दुरिको सार्वजनिक यातायात समेत खुलेका अवस्थामा आफ्नो मूर्तिमा पसिना उत्पन्न गरेर देशमा प्राकृतिक हलचल, अनिष्ट र राजनीतिक परिवर्तनको पूर्वसूचना दिने सहस्र अवतारको देवताका रूपमा परिचित प्रसिद्ध दोलखा भीमेश्वर मन्दिर हाल सम्म खुलेको छैन । श्री भीमेश्वर गुठी तथा पुजा व्यवस्थापन समिती दोलखाका अध्यक्ष भरत बहादुर श्रेष्ठज्युको अनुसार हाल नित्य पुजा मात्र भईरहेको र प्रशासनबाट कुनै जानकारी नआएको हुदा कहिले देखि भक्तजनहरुको लागि खुल्ने एकिन नभएको बताउनु भयो ।

प्रसिद्ध दोलखा भीमेश्व मन्दिर बन्द हुदा कोरोना भाईरस फैलिन नदिन धेरै सहयोग मिल्छ किनकि मन्दिर दर्शन गर्न विभिन्न जिल्लाबाट भक्तजन आई रोग फैलिने जोखिम बढ्छ तर यहि भीमेश्वर मन्दिर आसपासमा भक्तजनहरुलाई सेवा दिने उदेश्यले सन्चालित पु्ष्प तथा पुजा व्यवसायी, नास्ता व्यवसायी, होटेल व्यवसायी, पशुपन्छी व्यवसायीहरुलाई प्रत्यक्ष असर परेको वारे सबै वेखवर छन् । पुष्प तथा फोटो व्यवसाय गर्दै आएका व्यवसायी दिपक नेपालीको भनाई अनुसार भिमेश्वर मन्दिर सर्वसाधरणको लागि बन्द भएको ६ महिना संगै हाम्रो जस्तै करिब ५० वटा पसल बन्द भएको ६ महिना वितिसक्दा हाम्रो खर्च यथावत रहेको तर आम्दानीको स्रोत बन्द भएको हुदा म जस्तै सबै व्यवसायी कहिले रोग नियन्त्रणमा आउला र मन्दिर खुलेर सामान्य अवस्था फर्किने दिनको पर्खाईमा रहेको बताउनु हुन्छ ।


यहि क्रम बढ्दै जाने हो भने व्यवसायबाट नै विस्थापित हुनु पर्ने अवस्था समेत आउन सक्छ । त्यस्तै पशुपन्छी व्यवसाय गर्दै आएका स्थानिय व्यवसाय पुष्कर शिवाकोटीको अनुसार सिजन सुरु भयो भनेर कर्जा लिएर बोका, भाले पालेको विक्री गर्ने बेला लकडाउन भयो परेको मुल्य भन्दा घटाएर बेच्नु पर्ने अवस्था भयो । यस्तै पिडा समस्याहरु नास्ता पसल, खाजा पसल र दोलखा, सदरमुकाम चरिकोट सम्मका भक्तजनहरुलाई राख्न भनि उदेश्य लिएर खोलेका होटेल, रिसोर्ट र होमस्टेहरु ठुलो आर्थिक क्षति व्यहोर्नु परेको बताउछन् ।

भ्रमण वर्ष २०२० को लागि कर्जा लिएर धमाधम खुलेका होटेल, रिसोर्टहरु सन्चालन नै गर्न नपाई बन्द गर्नुको पिडा सोचि सक्नु छैन दोलखा महोत्सव आयोजना मिती तोकेको अन्तिम तयारीमा स्थगित गर्न पर्दा र दोलखाको प्रसिद्ध र धेरै भक्तजन आउने मछिन्द्रनाथ जात्रा अन्तिम अवस्थामा आएर स्थगित गर्दा यसै पर्वहरुलाई लक्षित गरेर तयार गरेका होटेल व्यवसायीहरु बैक, सहकारीको ब्याज किस्ता तिर्न नसकेर हतोत्साहित बनेका देखिन्छन् । यस्को लागि कुनै निकाय भरोसा भएर आज सम्म उभिएको समेत देखिएको छैन ।

श्री भीमेश्वर गुठी तथा पुजा व्यवस्थापन समिती दोलखाका उपाध्यक्ष शैलेन्द्र जोशी


श्री भीमेश्वर गुठी तथा पुजा व्यवस्थापन समिती दोलखाका उपाध्यक्ष शैलेन्द्र जोशीको अनुसार भीमेश्वर मन्दिर सर्वसाधारणको लागि कहिले खोल्ने भन्ने जिज्ञासामा यहि आउदो असोज ११ गते विहान ७ बजे जिल्ला प्रशासन कार्यालय, स्थानिय निकाय, राजनितिक दल, स्थानिय बुद्धिजिवि भद्रभलामीहरुको संयुक्त बैठक बोलाएको छौ । उक्त बैठकबाट कहिले देखि खुल्ने भन्ने हुने भएकोले सोही निर्णय अनुसार अघि बढ्ने बताउनु भयो ।

उपाध्यक्ष जोशीको अनुसार कोभिड १९ को पछिल्लो अवस्था के हुन्छ हाम्रो बसमा छैन र पनि गत चैते दशैमा कोरा पुजा गरेर विधि पु¥याए आउदै गरेको वडा दशैमा भने घटस्थापनाको दिन सबै देविदेवतालाई क्षमा पुजा गरि बलि पुजा गर्नु पर्ने आफ्नो धारणा राख्नु भयो । भीमेश्वर मन्दिरमा आउने पर्यटक, भक्तजनहरुलाई सेवा दिने उदेश्य लिई व्यवसाय गरेका सम्पुर्ण व्यवसायीहरुले मन्दिर बन्द भई परेको मर्का प्रति मलाई पनि चिन्ता लागेको छ । यसको लागि सम्बन्धित निकाय अर्थात नेपाल सरकारले राहत प्याकेज ल्याई सम्बोधन गर्न पर्छ भन्ने स्थानिय दोलखावासीहरुको आग्रह रहेको छ ।

पुष्प तथा पूजा सामान व्यवसायी दिपक नेपाली


दोलखा भिमेश्वर संगै दोलखाको धार्मिक स्थलहरु कालिन्चोक माई, त्रिपुरा सुन्दरी, माहाङ्गकाल भगवती पनि बन्द भई त्यस आसपासका व्यवसाय क्षेत्रहरु पनि ठप्प भएको अवस्था छ । हाल लामो दुरीको सार्वजनिक यातायात समेत चल्न थालेको हुदा दोलखा भिमेश्वर अरु धार्मिक स्थल भन्दा विलकुल फरक भएको हुदा अहिले पुरुषोतम महिना चलिरहेको र वडा दशैमा वलि पुजा रोकिने वितिकै वडा दशैमा मनाईने खड्गजात्रा लगाएत सो संग सम्वन्धीत जात्रामात्रा रोकिने र दोलखाको अस्तीत्वको रुपमा रहेको चाडपर्व, भाषा सस्कृति, रितिरिवाज समेत नाश हुने र लोभ हुने सम्भावना भएको हुदा सुरक्षाको विधि अपनाएर प्रशिद्ध दोलखा भीमेश्वर छिटो भन्दा छिटो खोलेर भक्तजनहरुलाई दर्शन गर्न मौका दिएर घुमेको आत्मबल, आत्माविश्वास र सामाजिक, व्यवसायिक जिवनलाई फर्काउनु पर्ने दोलखावासीहरुको अनुरोध रहेको छ ।


यस सम्वन्धी भीमेश्वर नगरपालीका वडा न. –२, का वडाध्यक्ष विराजमान श्रेष्ठज्यु संग सम्पर्क गर्दा कोविड –१९ को संक्रमणको कारणले विश्व अक्रान्त भईरहेको बेला नेपालमा पनी यसको असर परेको कारणले गर्दा सरकारले गत चैत्र ११ गतेबाट लकडाउन घोषणा ग¥यौ त कहिले बन्दाबन्दीको घोषणा गरेर आएको छ । यसै सन्दर्भमा दोलखा भीमेश्वरमा पनी नित्य पूजा बाहेक अरु सवै बन्द गरेर आएका छौं । अव लामो रुटको गाडी संचालनमा आएको छ । यस बारेमा छलफल गर्न यही ११ गते जिल्ला प्रशासन कार्यालय, श्री भीमेश्वर गुठी तथा पुजा व्यवस्थापन समिती र वडा कार्यालय लगाएत सम्वन्धीत सवैको उपस्थितीमा बैठक बस्दैछौ । त्यही बैठकबाट भीमेश्वर मन्दिरमा सर्वसाधारणको लागि कहिलेदेखि पूजाको लागि खुल्ला हुन्छ भन्ने निर्णय हुनेछ भनी बताउनु भयो ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment