Search

भान्साकोठामै हुन्छ सामान्य ज्वरोको औषधि

भान्साकोठामै हुन्छ सामान्य ज्वरोको औषधि

ज्वरो प्याथोजेनिक ब्याक्टेरया र भाइरसहरूको कारणले हुने शारीरिक प्रतिक्रिया हो । सामान्यतया यस्ता जीवाणु शरीरमा प्रवेश गर्दा प्रतिरक्षा प्रणालीले शरीरको तापक्रम बढाउने गर्छ । जसलाई ज्वरो आएको भनिन्छ ।

यसबाहेक अन्य स्वास्थ्य समस्या जस्तै, अटोइम्युन रोगहरू, संक्रमण र इन्फेलेमेन्टरी समस्याका कारण पनि ज्वरो आउने गर्छ । मौसम परिवर्तन हँुदा र अस्वस्थकर जीवनशैलीका कारण ज्वरोको समस्या हुने गर्छ । सामान्य खालको ज्वरोका लागि एन्टिबायोटिकको प्रयोग गर्नुहुँदैन । सामान्यतया एन्टिबायोटिक अत्यधिक प्रयोगमा ल्याउँदा बिस्तारै औषधिले शरीरमा प्रभाव कम पर्दैै जान्छ । यसर्थ, सामान्य ज्वरोका लागि घरायसी उपचार विधि अपनाउनुपर्छ ।

घरायसी उपचारबाट कुनै पनि साइड इफेक्ट नहुने र प्रतिरोधी क्षमता पनि बलियो बनाउन मद्दत गर्ने हुँदा ज्वरोलाई प्राकृतिक रूपमा निको हुन मद्दत गर्छन् । भान्सामा सजिलै पाइने औषधिजन्य खानेकुराको सेवनबाट ज्वरो निको पार्न सकिन्छ ।

लसुन
लसुनले पसिनाको माध्यमबाट शरीरको तापक्रम कम गर्न मद्दत गर्छ । काँचो लसुनले एलिसिन नामक यौगिक उत्पादन गर्छ जसमा एन्टिब्याक्टेरियल, इन्टिफंगल र एन्टिवाइरल गुण हुन्छन् । यसले शरीरको प्रतिरोधी क्षमता बढाउनुका साथै ज्वरो कम गर्न मद्दत गर्छ । लसुनको चिया बनाएर पनि नियमित सेवन गर्न सकिन्छ । यस्तै लसुनको टुक्राहरू राखेको पानी दिनमा दुईपटक लिन सकिन्छ ।

बेसार
ज्वरो उपचारका लागि बेसार प्रभावकारी घरेलु उपचार सामग्री हो । बेसारमा एन्टिभाइरल, एन्टिअक्सिडेन्ट र एन्टिफंगल गुण पाइने हुँदा सामान्य ज्वरो आउँदा प्रयोग गर्न सकिन्छ । बेसारमा पाइने कक्र्युमिन नामक एन्टिइन्फ्लेमेन्टरी पाइने हँुदा शरीरको तापक्रम कम गर्न निकै प्रभावकारी हुन्छ । आधा चम्चा बेसारलाई थोरै कालो मरिचसँग मिसाएर दूधमा राखेर दिनमा दुईपटक खान सकिन्छ ।

तुलसी
तुलसीलाई आयुर्वेदिक उपचारमा औषधिको रूपमा प्रयोग गरिँदै आइएको पाइन्छ । ज्वरो कम गर्नका लागि तुलसीको पातको सेवन प्रभावकारी मानिन्छ । पातहरूमा शक्तिशाली एन्टिमाइब्रोवियल र एन्टिइन्फ्लेमेन्टरी गुण हुन्छन् । जसले छोटो समयमै ज्वरो निको पार्छ । तुलसीको पात दैनिक सेवन गर्दा शरीरमा जीवाणुसँग लड्ने क्षमता वृद्धि हुन्छ । करिब २० वटा तुलसीको पातलाई अदुवासँग राखेर उमाल्ने र यही मिश्रणलाई ज्वरो निको नहँुदासम्म दिनमा कम्तीमा तीनदेखि चारपटक सम्म सेवन गर्नुपर्छ ।

मह, अदुवा र चिया
अदुवामा पाइने एजोइन नामक यौगिकले ब्याक्टेिरया र भाइरल संक्रमणको जोखिम घटाउँछ । अदुवाले शरीरको ताप नियन्त्रण गर्छ । ज्वरो आएको समयमा अदुवाचियाको सेवनले स्वस्थ हुन मद्दत गर्छ । अध्ययन अनुसार महमा हुने एन्टिइन्फ्लेमेन्टरी गुणले खोकी र चिसोबाट हुने अन्य फ्लु कम गर्छ । योसँगै भान्सामा सजिलै उपलब्ध हुने मर्च, प्याज, काजु, जिरा, पुदिना, ग्रिन टीले समेत ज्वरो कम गर्न मद्दत गरिरहेका हुन्छन् । सामान्य ज्वरो देखिनेबित्तिकै एन्टिबायोटिक खानुभन्दा घरेलु औषधि प्रयोग गर्दा दीर्घकालीन फाइदा हुन्छ ।
–एजेन्सीको सहयोगमा

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment