Search

काठमाडौंमा उपत्यकामा ६०९ सहित थपिए ७५५ कोरोना संक्रमित

काठमाडौंमा उपत्यकामा ६०९ सहित थपिए ७५५ कोरोना संक्रमित

०८ असोज, बाँपीझ्याला, काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६०९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ कोरोना संक्रमित थपिएका छन् ।

जसअनुसार काठमाडौंमा २२९ महिला र ३८० पुरुष, भक्तपुरमा १२ महिला र ३९ पुरुष, ललितपुरमा ३८ महिला र ५७ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

बुधबार काठमाडौंमा ४९२ , भक्तपुरमा ९५ र ललितपुरमा ५० गरी ६३७ कोरोना संक्रमित थपिएका थिए ।

मंगलबार काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ गरी ६४७ कोरोना संक्रमित थपिएका थिए ।

सोमबार काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ गरी उपत्यकामा ६७४ कोरोना संक्रमित थपिएका छन् ।

आइतबार काठमाडौंमा ६०२ , भक्तपुरमा १०१ र ललितपुरमा ६४ गरी उपत्यकामा ७६७ कोरोना संक्रमित थपिएका थिए ।

शनिबार काठमाडौंमा पाँच सय ७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना गरी ७११ कोरोना संक्रमित देखिएका थिए ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment