Search

एक संरक्षण समिती र ३ व्यक्तित्वहरु सम्मानित

एक संरक्षण समिती र ३ व्यक्तित्वहरु सम्मानित

अजय प्रधान, दोलखा ।
बाँपीझ्याला, दोलखा । १४ औँ राष्ट्रिय संरक्षण दिवसको अवसरमा दोलखाका ३ जना बिभिन्न बिधाका व्यक्तित्व सहित संरक्षण समितिलाई संरक्षण पुरस्कारले पुरस्कृत गर्ने घोषणा गरिएको छ । गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जिक्याप) ले दिवसको अवसरमा वन वातावरण तथा वन्यजन्तु संरक्षणमा योगदान गरे वापत सम्मान गर्ने घोषणा गरेको हो ।


संरक्षण पुरस्कार प्राप्त गर्ने व्यक्तिहरुमा गौरिशंकर गाउँपालिकाका अध्यक्ष तथा संरक्षण क्षेत्र व्यवस्थापन समिति सुरीका अध्यक्ष सोयम बहादुर खड्का, इलाका प्रहरी कार्यालय सिंगटीका इन्चार्ज प्रहरी निरीक्षक सुनजीत तामाङ र सामुदायीक रेडियो प्रसारक संघ अको¥यावका केन्द्रिय कोषाध्यक्ष तथा हाम्रो रेडियो १०३.४ मेगाहर्जका स्टेशन म्यानेजर लक्ष्मण खड्का रहनुभएको छ । त्यसैगरि संरक्षण पुरस्कार प्राप्त गर्ने समुहमा रामेछाप जिल्लाको संरक्षण क्षेत्र व्यवस्थापन समिति गोकुलगंगा गाउँपालिका १ चुचुरे रहेको छ ।


आज संरक्षण पुरस्कार घोषणा गरिएपनि वितरण भने केहि समय पश्चात गरिने गौरिशंकर संरक्षण क्षेत्र आयोजना मुख्य कार्यालय सिंगटीले जानकारी दिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!