Search

२५ हजार सक्रिय संक्रमित भए पुनः लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

२५ हजार सक्रिय संक्रमित भए पुनः लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

बाँपीझ्याला, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार सक्रिय संक्रमित भए पुनः लकडाउन गर्न सिफारिस गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बुधबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार २५ हजारभन्दा बढी सक्रिय संक्रमित भए व्यवस्थापन गर्न गाह्रो हुने भएकाले पुनः लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको हो । बुधबारसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ रहेको छ ।

नेपालमा २०७६ चैत ११ गतेदेखि सुरु भएको लकडाउन चार महिनापछि गएको साउनमा अन्त्य भएको थियो । त्यसपछि पनि असोज पहिलो सातादेखि उपत्यकासहित कतिपय जिल्लामा निषेधाज्ञा जारी भएको थियो ।

मन्त्रालयले अन्तर्राष्ट्रिय नाकाहरुमा हेल्थ डेस्क खडा गर्न दरबन्दी व्यवस्थापन गरेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

मल्टिमिडिया ग्यालरी

Yadala Punish

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!