Search

काठमाडौंमा ४९२ सहित उपत्यकामा थपिए ६३७ कोरोना संक्रमित

काठमाडौंमा ४९२ सहित उपत्यकामा थपिए ६३७ कोरोना संक्रमित

७ असाेज, बाँपीझ्याला, काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३७ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४९२ , भक्तपुरमा ९५ र ललितपुरमा ५० कोरोना संक्रमित थपिएका छन् ।

जसअनुसार काठमाडौंमा १६८ महिला र ३२४ पुरुष, भक्तपुरमा ४७ महिला र ४८ पुरुष, ललितपुरमा २६ महिला र २४ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

मंगलबार काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ गरी ६४७ कोरोना संक्रमित थपिएका थिए ।

सोमबार काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ गरी उपत्यकामा ६७४ कोरोना संक्रमित थपिएका छन् ।

आइतबार काठमाडौंमा ६०२ , भक्तपुरमा १०१ र ललितपुरमा ६४ गरी उपत्यकामा ७६७ कोरोना संक्रमित थपिएका थिए ।

शनिबार काठमाडौंमा पाँच सय ७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना गरी ७११ कोरोना संक्रमित देखिएका थिए ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!