Search

हजारको नोटको नघट्ने मूल्य

हजारको नोटको नघट्ने मूल्य

मञ्चमा एकजना बुद्धिजीवी बोलिरहेका थिए । उनको हातमा हजारको नोट थियो । विद्वान्ले नोटलाई आफ्नो कुरा उत्सुकताका साथ सुनिरहेका मानिसलाई देखाउँदै भने, ‘यो नोट कसलाई चाहिन्छ ?’ धेरैले हात उठाए । त्यसपछि वक्ताले नोटलाई बल लगाएर कच्याककुचुक बनाए र पुनः भिडलाई सोधे, ‘अझै पनि यो नोट कसकसलाई चाहिन्छ ?’ पहिलेकै संख्यामा मानिसहरूले हात उठाए । ‘ठीक छ ।

एक छिन पर्खनुस् । अब म नोटमा केही बदलाव गर्नेछु, तब पनि कसैलाई नोट चाहिन्छ भने हात उठाउनुहोला ।’ त्यति भनेर उनले नोटलाई जमिनमा राखे र नोटमाथि आफू उभिए । नोट उठाएर टक्टकाउँदै उनले भिडतर्फ हेर्दै सोधे, ‘अझै यो पैसा लिने कोही छ ?’ अहिले पनि ठूलो संख्यामा मानिसले हात उठाए ।

त्यसपछि ती विद्वान्ले आफ्ना श्रोतालाई सम्बोधन गर्दै भने, ‘मित्रहरू, अहिले मैले नोटलाई जे गरेँ, त्यसलाई ध्यान दिनुभएको छ भने एउटा महत्वपूर्ण पाठ सिक्नुहुनेछ । यो नोटमाथि जेसुकै भएको भए पनि यसले आफ्नो मूल्य गुमाएन ।

जिन्दगीमा पनि हामी कहिल्यै गलत निर्णयका कारण वा कहिले परिस्थिति आफ्नो वशमा नहुँदा लड्छौँ र आफूलाई अर्थहीन सम्झन्छौँ । तर, हामीसँग जेसुकै भएको होस् अथवा भविष्यमा त्यस्तो केही होस्, ती कुराले हाम्रो मूल्यमा कुनै गिरावट आउँदैन । हामी सबैको आआफ्नै मूल्य छ र हामीले कहिल्यै पनि त्यसलाई बिर्सिनु हुँदैन ।’

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!