Search

२४ घण्टामा मृत्यु हुने संख्या २ जनामा सीमित

२४ घण्टामा मृत्यु हुने संख्या २ जनामा सीमित

बाँपीझ्याला, काठमाडौं । नेपालमा धेरै दिनपछि कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने संख्या घटेको छ । देशभर पछिल्लो २४ घण्टामा २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सोमबारमात्रै १६ जनाको निधन भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५० वर्षीय पुरुष र काभ्रेमा ५० वर्षीया महिलाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६४ प्रतिशतको ज्यान गएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment